सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० लाई

भक्तपुर । सूर्यविनायक नगरपालिकामा सञ्चालित सूर्यविनायक अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० (चित्तपोल) ले जितेको छ । फाइनलमा वडा नं. ९ (नंखेल) लाई तीन-एक गोल अन्तरले पराजित गर्दै वडा नं. १० ले उपाधि हात पारेको हो । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नं. ९ उपविजेता बनेको छ । त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा वडा नं. ४ (दधिकोट) ले वडा नं. ८ (सिपाडोल) लाई चार-एक गोल अन्तरले हराउँदै तृतीय स्थान हासिल गरेको छ । वडा नं. ८ ले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये वडा नं. १० का युग देउजा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । सोही वडाका रोजित खत्री सर्वाधिक गोलकर्ता र अश्विन देउजा उत्कृष्ट गोलकिपर बन्नुभयो । उपविजेता वडा नं. ९ का प्रशिक्षक दिपेश खत्री उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह नगर खेलकुद विकास समितिका सदस्य-सचिव दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा प्रमुख अतिथि तथा नेपाल जिम्नास्टिक संघका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । समारोहमा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्य, खेलकुदप्रेमी, स्थानीय बासिन्दा र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिलगायतले विजेता टोली, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...


