सुरक्षा जोखिम देखिएपछि हिमालयन बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी बन्द

विश्वभर वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ प्रविधिमा गम्भीर सुरक्षा संवेदनशीलताका कारण हिमालयन बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइट तथा वेबसाइटमार्फत प्रदान गरिने अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विश्वव्यापी रूपमा पीएचपी प्रविधिमा देखिएको सुरक्षा संवेदनशीलताबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै वेबसाइट र अनलाइन सेवा बन्द गरिएको बैंकले जनाएको छ। ग्राहकको डाटा तथा बैंकिङ प्रणालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको बैंकको भनाइ छ। बैंकले हाल सम्भावित जोखिमको मूल्याङ्कन गरिरहेको जनाएको छ। जोखिमको पहिचान तथा समाधान गरेपछि वेबसाइट र त्यसबाट उपलब्ध हुने अनलाइन सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ। वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द भए पनि बैंकका अन्य सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको बैंकले स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। ग्राहक सेवाका लागि बैंकले कल सेन्टर नम्बर ०१–५९०००८९ मा सम्पर्क गर्न सकिने जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म
रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ। ...

पर्यटनको नयाँ गन्तव्य बन्दै सिरहाको लामाडाँडा (तस्वीरहरू)
दैनिक रूपमा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, उदयपुरलगायत जिल्लाबाट सयौं मानिस यहाँ घुम्न, वनभोज गर्न र परिवारसँग समय बिताउन पुग्ने गरेका छन्। ...

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
६ कात्तिक, अजेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । ६ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरे । मुख्य प्रतिवादी… ...


