सुनकोसीमा सुमो खस्दा बेपत्ता भएकाको पनि पहिचान खुल्यो

काठमाडौं, कात्तिक २ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीन जना र बेपत्ता तीनै जनाको पहिचान खुलेको छ । काठमाडौंबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना बेपत्ता र चार जना घाइते भएका थिए । मृत्यु हुने खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माकाे हिजै परिचय खुलेकाे थियाे । दुर्घटनामा बेपत्ता हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई रहेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको हो । दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीका १३ वर्षीय अंकित विश्वकर्मा र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय चालक आशिष विश्वकर्मा घाइते भएका छन् । प्रहरीका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए । उक्त सुमो काठमाडौंबाट शनिबार राति करिब ११ बजे खोटाङका लागि हिँडेको थियो । प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएका सबैको पहिचान खुले पनि बेपत्ता तीन जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुकाे गाेताखाेर टाेलीले सुनकाेशीमा खाेजी गरिरहेकाे छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
![महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/Big_DSqPsrnIDl.jpeg)
महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]
यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले आज पनि महाअष्टमी पर्व मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि हिजोकै जस्तै महाअष्टमीका धार्मिक विधि दोहोर्‍याउन सुझाव दिएको छ । यसैबीच, काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिरमा महाअष्टमीका अवसरमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । हेर्नुहाेस्, तस्बिर ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुईजना घाइते
धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्डअन्तर्गत सबैला नगरपालिका–५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ...

आज पनि महाअष्टमी, शक्तिपीठमा बिहानैदेखि भीड
यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले आज पनि अघिल्लो दिनकै धार्मिक विधि दोहोर्‍याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सुझाव दिएको छ । समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ । सोहीअनुसार कात्तिक १ गते सम्पन्न गरिएका महाअष्टमीका पूजाआराधना तथा अन्य धार्मिक कर्म आज पनि दशैँघर वा पूजाकोठामा गर्नुपर्ने समितिका पूर्वसदस्य एवं ...


