Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् । सुकुम्बासी समस्यालाई सरकारले नै सुरु गरेर अलपत्र छाडेको र अलपत्र अवस्थामा रहेको सुकुम्बासीको समस्या स्थायी समाधानका लागि ठोस योजना नल्याइएको बताए । ‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना, नीति ल्याउन सकेको छैन,’ उले भने ‘सुकुम्बासीहरू अलपत्र स्थितिमा रहेको अवस्था छ । ‘प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेको छ । यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो’ महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए । धादिङमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पौडेलले बढ्दो मूल्यवृद्धि, बाढीपछिको पुनर्निर्माण तथा संसदीय भूमिकाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘महँगीले जनजीवन अत्यन्तै कष्टकर भएको स्थिति छ,’ उनले भने, ‘एक बोरा चामलको जति मूल्य पथ्र्यो, अहिले त्यसको एक हजारभन्दा बढी मूल्य पर्ने स्थिति बनेको छ ।’ तरकारी र फलफूलसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा पनि सरकार गम्भीर नबनेको आरोप लगाए । नयाँ गर्छु, जनतालाई सेवा पु¥याउँछु, सरकारको उपस्थितिको महसुस गराउँछु भन्ने सरकारले छोटो समयमा जति मूल्य वृद्धि भयो त्यसतर्फ ध्यान दिन नसकेको उनको टिप्पणी थियो । बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे । –नेपालमा एचआईभी संक्रमणको पछिल्लो अवस्था कस्तो, एचआईभी संक्रमितको अनुमानित संख्या कति छ भन्ने विषयमा नियन्त्रण केन्द्रमा अन्तवार्ता – एचआईभी संक्रमित व्यक्तिको स्टोरी –संक्रमणको अवस्था र सरकारी योजनाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ,एचआईभी संक्रमण नियन्त्रणमा नेपालले कति प्रगति गर्यो?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने
OthersJust now

१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने

१० मंसिर, काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने नारासहित १४औं किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्। आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुने किन्डर… ...

अनलाइन खबर
विश्वकप छनोटअघि आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने
OthersJust now

विश्वकप छनोटअघि आयरल्यान्डले पाकिस्तान गएर ओडीआई सिरिज खेल्ने

१० मंसिर, काठमाडौं । आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म… ...

अनलाइन खबर
पर्यटन पूर्वाधार र प्राकृतिक सम्पदा उपयोगका कानुनी जटिलता हटाउनेबारे कानुन मन्त्रालयमा छलफल
OthersJust now

पर्यटन पूर्वाधार र प्राकृतिक सम्पदा उपयोगका कानुनी जटिलता हटाउनेबारे कानुन मन्त्रालयमा छलफल

१० मंसिर, काठमाडौं । सरकारका ७ जना मन्त्रीसहित उच्च अधिकारीहरूबीच अन्तर मन्त्रालयगत बैठक बसेको छ । पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी र प्रक्रियागत जटिलता हटाउनेबारे सो बैठकमा छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री सोबिता गौतमको पहलमा बैठक बसेको थियो । बैठकले… ...

अनलाइन खबर
पेस बलरले जुत्तामा किन बनाउँछन् प्वाल ?
OthersJust now

पेस बलरले जुत्तामा किन बनाउँछन् प्वाल ?

१० मंसिर, काठमाडौं । क्रिकेटमा पेस गतिका बलरले जुत्ताको अगाडिको भागमा प्वाल बनाएको देख्नुभएको छ ? पछिल्लो समय नेपाली क्रिकेट समर्थकमाझ पनि यो विषय चर्चामा छ। नेपाली तीव्र गतिका बलर नन्दन यादवले प्वाल परेको जुत्ता लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले यसलाई जुत्ताको अवस्था र नेपाल क्रिकेट संघ (क्यान) सँग जोडेर प्रश्न उठाएका थिए।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement