Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो । प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख र वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। विनिमय दरमा भएको लाभका कारण सार्वजनिक ऋण दायित्वमा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले कमी आएको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो । आन्तरिक ऋण उठाउने लक्ष्यको ३०.४९ प्रतिशत र वैदेशिक ऋणको ११.६२ प्रतिशत मात्र प्राप्त भएको छ । यसैगरी, सरकारले कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ३३.७३ प्रतिशत हो। यसमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सार्वजनिक ऋणको बढ्दो दायित्वसँगै ऋणको साँवा र ब्याज भुक्तानीमा ठूलो रकम खर्चिनुपर्ने अवस्था देखिएको छ । The post नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्याल पक्राउ
Latest NewsJust now

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्याल पक्राउ

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ परेका हुन्। ...

हाम्राकुरा
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
Latest NewsJust now

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

वेस्ट पाम बीच, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रूटले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गरेका छन् । ट्रम्पको मार–ए–लागो रिसोर्टमा भएको वार्तापछि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, “भेट युक्रेन र इरानका युद्धमा केन्द्रित थियो र ‘उत्कृष्ट’ र ‘धेरै प्रभावकारी’ भएको थियो ।” “हामीले रुसले जानाजानी वा ...

केन्द्रबिन्दु
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ :  पर्यटन मन्त्री
Latest NewsJust now

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ :  पर्यटन मन्त्री

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्ने बताएका छन् । आज सिमरामा आयोजित पर्यटन तथा होटल व्यवसायीहरूसँगको छलफलमा मन्त्री पौडेलले निजगढ... ...

रातोपाटी
सरकार लोकप्रियताको होडमा देखियो: वर्षमान पुन
Latest NewsJust now

सरकार लोकप्रियताको होडमा देखियो: वर्षमान पुन

रोल्पामा आयोजित पत्रकार भेटघाटमा उनले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सीमासम्बन्धी अडान र विकास निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement