विश्व कृत्रिम बुद्धिमत्ता (एआई) युगमा प्रवेश गरिरहेको छ। तर यो नयाँ युगमा संयुक्त राज्य अमेरिका र चीनले बाँकी विश्वमाथि स्पष्ट प्राविधिक प्रभुत्व स्थापित गरिसकेका छन्। यी दुई महाशक्तिले एआईका लगभग सबै तह नियन्त्रण गर्छन्। हार्डवेयर, डेटा प्रणाली, सफ्टवेयर, एआई मोडेल र एप्लिकेसनसम्म उनीहरूको प्रभाव फैलिएको छ। उनीहरूले अन्य देशले प्रतिस्पर्धा गर्न कठिन हुने गतिमा एआई पूर्वाधारमा लगानी गरिरहेका छन्। एआईमा विकसित भइरहेको यो दुई ध्रुवीय शक्ति संरचनाका सुरक्षा, आर्थिक र सांस्कृतिक प्रभाव गम्भीर छन्। यसले बाँकी विश्वलाई नयाँ प्रकारको डिजिटल उपनिवेशको अवस्थामा पुर्याउन सक्छ। अहिलेको दुई महाशक्ति केन्द्रित व्यवस्थालाई चुनौती दिइएन भने एआई क्रान्तिले पहिलो औद्योगिक क्रान्तिका बेला देखिएको साम्राज्यवादी गतिशीलतालाई पुनः दोहोर्याउन सक्छ। एआई क्रान्तिले पनि त्यस्तै नियति दोहोर्याउन सक्छ। त्यसबाट बच्न अमेरिका र चीनबाहिरका मध्यम शक्तिहरूले सामूहिक रूपमा आफ्नै खुला एआई प्रणाली निर्माण गर्न सक्छन् र गर्नैपर्छ। ब्रिटिस शासनले भारतमा हतियार, रेलमार्ग, टेलिग्राफ र आधुनिक कारखाना भित्र्याएको थियो। तर भारतीय जनताले ती प्रविधिको स्वामित्व र सञ्चालन गर्ने औपनिवेशिक संस्थामाथि नियन्त्रण राख्न पाएका थिएनन्। एक शताब्दीभन्दा बढी समयसम्म ब्रिटिस लगानीकर्ताले भारतको आर्थिक स्रोतबाट लाभ उठाए। भारतको अर्थतन्त्र व्यवस्थित रूपमा कमजोर हुँदै गयो। सन् १७०० मा विश्व अर्थतन्त्रमा भारतको हिस्सा २४.५ प्रतिशत थियो। सन् १९४७ मा ब्रिटिसहरूले भारत छाड्दासम्म यो हिस्सा घटेर ४ प्रतिशतमा झरेको थियो। आजको एआई क्रान्तिले पनि त्यस्तै नियति दोहोर्याउन सक्छ। त्यसबाट बच्न अमेरिका र चीनबाहिरका मध्यम शक्तिहरूले सामूहिक रूपमा आफ्नै खुला एआई प्रणाली निर्माण गर्न सक्छन् र गर्नैपर्छ। यसका लागि साझा सुरक्षा तथा प्राविधिक मापदण्ड, स्वतन्त्र ओपन–वेट मोडेल विकास, एआईका प्रत्येक तहमा प्रतिस्पर्धा र अन्तरसञ्चालनीयता सुनिश्चित गर्नुपर्छ। साथै, सबै नागरिकका लागि डिजिटल सार्वजनिक सम्पत्तिका रूपमा एआई एजेन्ट उपलब्ध गराउनुपर्छ। तर अमेरिका र चीनको नियन्त्रणबाहिर तेस्रो खुला एआई प्रणाली निर्माण गर्ने अवसर सीमित हुँदै गएको छ। आगामी दशकमा यी दुई देश यति धेरै अगाडि बढ्न सक्छन् कि उनीहरूको प्रभावभन्दा बाहिर रहेर प्रतिस्पर्धी विकल्प निर्माण गर्नु लगभग असम्भव हुन सक्छ। लगानीको असाधारण विस्तार हालका वर्षहरूमा अमेरिका र चीनले एआईमा अभूतपूर्व लगानी गरेका छन्। यसले एआई विकासमा संलग्न कामको विशाल आकारलाई देखाउँछ। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङले एआईको संरचनालाई पाँच तहमा व्याख्या गरेका छन्। उनका अनुसार एआई प्रणालीको पहिलो तह ऊर्जा हो, जसले कम्प्युटिङ प्रणालीलाई सञ्चालन गर्न शक्ति उपलब्ध गराउँछ। दोस्रो तह एआई मोडेल चलाउन आवश्यक चिप हो। तेस्रो तह कम्प्युटिङ र डेटा भण्डारणका लागि आवश्यक पूर्वाधार हो। चौथो तह सूचना प्रशोधन गर्ने एआई मोडेल हो भने पाँचौँ तह अन्तिम प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने एप्लिकेसन हो। डेटालाई छैटौँ आधारभूत तहका रूपमा लिन सकिन्छ, जसले एआई मोडेललाई सान्दर्भिक उत्तर दिन आवश्यक सूचना र सन्दर्भ उपलब्ध गराउँछ। ब्रुकिङ्स इन्स्टिच्युटको अनुमानअनुसार सन् २०२५ देखि २०३२ सम्म डेटा सेन्टर र सम्बन्धित पूर्वाधारमा अमेरिकाको कुल लगानी १०.३ ट्रिलियन डलर पुग्न सक्छ। यो वार्षिक औसतमा अमेरिकी कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत बराबर हुनेछ। यी सबै तह एकअर्कामा निर्भर छन्। ऊर्जा उपलब्ध नभए चिप सञ्चालन हुँदैनन्। पर्याप्त चिप र कम्प्युटिङ पूर्वाधार नभए शक्तिशाली एआई मोडेल प्रशिक्षण तथा सञ्चालन गर्न सकिँदैन। गुणस्तरीय डेटा र मोडेल नभए प्रयोगकर्ताले अपेक्षित सेवा प्राप्त गर्न सक्दैनन्। अमेरिकाले एआई पूर्वाधारमा गरिरहेको लगानीको आकार नै आश्चर्यजनक छ। गोल्डम्यान साक्सको अनुमानअनुसार अमेरिकी कम्पनीहरूले सन् २०२६ मा एआई पूर्वाधारमा करिब ६०० अर्ब अमेरिकी डलर लगानी गर्नेछन्। ब्रुकिङ्स इन्स्टिच्युटको अनुमानअनुसार सन् २०२५ देखि २०३२ सम्म डेटा सेन्टर र सम्बन्धित पूर्वाधारमा अमेरिकाको कुल लगानी १०.३ ट्रिलियन डलर पुग्न सक्छ। यो वार्षिक औसतमा अमेरिकी कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत बराबर हुनेछ। यसले एआईलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो प्रविधिगत पूर्वाधार निर्माण अभियान बनाउनेछ। तुलनाका लागि सन् १८७० देखि १८९० सम्म भएको रेलमार्ग निर्माणको विस्तारलाई लिन सकिन्छ। त्यस अवधिमा रेलमार्ग निर्माणमा वार्षिक औसत अमेरिकी जीडीपीको २.२ प्रतिशत लगानी भएको थियो। सन् १९५६ देखि १९७३ सम्मको अन्तरराज्यीय राजमार्ग प्रणाली निर्माणमा यो अनुपात १.१ प्रतिशत थियो। सन् १९९६ देखि २००३ सम्मको दूरसञ्चार र फाइबर अप्टिक पूर्वाधार विस्तारको लगानी पनि राजमार्ग निर्माणकै हाराहारीमा थियो। चीनले पनि डेटा सेन्टर, चिप कारखाना र आफ्नै अत्याधुनिक एआई मोडेल विकासमा ठूलो लगानी गरिरहेको छ। चीनसँग पहिले नै विकसित ऊर्जा पूर्वाधार छ। विशेषगरी इनर मंगोलियाजस्ता क्षेत्रमा उपलब्ध सौर्य र वायु ऊर्जाका कारण डेटा सेन्टरलाई तुलनात्मक रूपमा सस्तो नवीकरणीय विद्युत् उपलब्ध गराउन सकिन्छ। अमेरिका र चीनले संयुक्त रूपमा विश्वव्यापी एआई लगानीको ठूलो हिस्सा आकर्षित गरिरहेका छन्। उनीहरूका कम्पनीले विश्वभरका एआई परियोजनामा समेत लगानी गर्छन्। रोडियम समूहको अनुमानअनुसार चीनले सन् २०२६ मा एआई प्रणालीमा करिब १४० अर्ब डलर र सन् २०२७ मा करिब १९० अर्ब डलर लगानी गर्नेछ। यद्यपि चीनको चिप निर्माण क्षमता अझै अमेरिकाभन्दा पछाडि छ। त्यसैले अत्याधुनिक कम्प्युटिङ क्षमतामा चीनको खर्च तुलनात्मक रूपमा कम छ। उसले एआई मोडेलको कार्यसम्पादन सुधार गर्न सफ्टवेयर अप्टिमाइजेसन र कम कम्प्युटिङ स्रोतमा प्रभावकारी परिणाम प्राप्त गर्ने प्रविधिमा बढी ध्यान दिएको छ। अमेरिका र चीनले संयुक्त रूपमा विश्वव्यापी एआई लगानीको ठूलो हिस्सा आकर्षित गरिरहेका छन्। उनीहरूका कम्पनीले विश्वभरका एआई परियोजनामा समेत लगानी गर्छन्। अहिलेका लगभग सबै अग्रणी एआई मोडेल अमेरिकी र चिनियाँ कम्पनीले विकास गरेका छन्। खुला तौल भएका र स्वामित्वाधीन दुवै प्रकारका मोडेलमा यी दुई देशको प्रभाव छ। फ्रान्सको मिस्ट्रल, भारतको सर्वम र दक्षिण कोरियाको के–एक्सावनजस्ता केही अपवाद मात्रै यस प्रवृत्तिबाट बाहिर छन्। अझ महत्त्वपूर्ण कुरा, विश्वका शीर्ष एआई प्रतिभामध्ये करिब ७५ प्रतिशत अमेरिका वा चीनमा केन्द्रित छन्। चीनले अन्य कुनै पनि देशभन्दा बढी एआई अनुसन्धानकर्ता उत्पादन गर्छ। एआई शिक्षा र अनुसन्धान उत्पादनमा पनि चीन अग्रणी छ। बाँकी प्रतिभा मुख्यतः बेलायत, फ्रान्स, भारत, दक्षिण कोरिया, क्यानडा र जर्मनीजस्ता मुलुकमा फैलिएका छन्। यसरी पूँजी, पूर्वाधार, प्रविधि र जनशक्ति सबै क्षेत्रमा अमेरिका र चीनको पकड बलियो हुँदै गएको छ। दुई महाशक्तिको प्रभुत्वको लुकेको मूल्य विद्युत्जस्तै एआई पनि सामान्य प्रयोजनको प्रविधि हो। यसले स्वास्थ्य सेवा, वित्तीय सेवा, शिक्षा, उद्योग, कृषि र उन्नत उत्पादनसहित विश्व अर्थतन्त्रका लगभग सबै क्षेत्रलाई रूपान्तरण गर्नेछ। विद्युत्को प्रयोग बढ्दै जाँदा त्यसको खपत र लागत पनि बढ्छ। एआईमा पनि यही अवस्था लागू हुन्छ। अब कल्पना गरौँ, प्रत्येक पटक बत्ती बाल्दा कुनै अमेरिकी वा चिनियाँ कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था आयो भने के होला? एआई अर्थतन्त्रमा निर्भरता बढ्दै जाँदा विश्वका अन्य देशले पनि यस्तै प्रकारको आर्थिक भार बेहोर्नुपर्ने जोखिम छ। अमेरिकी कम्पनीले प्रशिक्षण दिएको एआई मोडेलले पोर्चुगिज भाषामा उत्तर तयार पार्न सक्छ। यसरी ब्राजिलमा सञ्चालन भइरहेको कम्पनीको नाफा र व्यावसायिक सफलता उसका अमेरिकी प्रविधि प्रदायकले निर्धारण गर्ने मूल्यमा निर्भर हुन पुग्छ। आवश्यक पूँजी र दक्ष जनशक्तिको अभावमा अमेरिका र चीनबाहिरका कम्पनीले आफ्नै एआई पूर्वाधार निर्माण गर्न कठिनाइ भोग्नेछन्। उनीहरू आफ्नो डेटा व्यवस्थापन र एप्लिकेसन सञ्चालनका लागि अमेरिकी वा चिनियाँ कम्पनीमाथि निर्भर हुनेछन्।ब्राजिलको साओ पाउलोमा ग्राहकलाई सेवा दिने एउटा स्थानीय एआई कम्पनीलाई उदाहरणका रूपमा लिन सकिन्छ। उक्त कम्पनीको डेटा अमेरिकी डेटा सेन्टरमा भण्डारण हुन सक्छ। उसले प्रयोग गर्ने अमेरिकी कम्पनीले प्रशिक्षण दिएको एआई मोडेलले पोर्चुगिज भाषामा उत्तर तयार पार्न सक्छ। यसरी ब्राजिलमा सञ्चालन भइरहेको कम्पनीको नाफा र व्यावसायिक सफलता उसका अमेरिकी प्रविधि प्रदायकले निर्धारण गर्ने मूल्यमा निर्भर हुन पुग्छ। यसको प्रभाव विदेशी कम्पनीले लिने सेवा शुल्कमा मात्र सीमित हुँदैन। स्थानीय कम्पनीको प्रविधिगत स्वतन्त्रता र राष्ट्रिय सरकारको निर्णय क्षमतासमेत प्रभावित हुन सक्छ। जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एन्थ्रोपिकलाई आफ्ना नयाँ एआई मोडेलमा विदेशी नागरिकको पहुँच सीमित गर्न निर्देशन दिएको थियो। उक्त प्रतिबन्ध लागू गर्न नसकेपछि कम्पनीले सबै प्रयोगकर्ताका लागि आफ्ना मोडेल निष्क्रिय बनाएको थियो। केही सातापछि आदेश फिर्ता लिइयो। तर यो घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठायो। कुनै देशका नागरिकले प्रयोग गर्ने एआई सेवामा पहुँच अर्को विदेशी सरकारले निर्धारण गर्न सक्ने अवस्था कति जोखिमपूर्ण हुन्छ? अमेरिकी वा चिनियाँ प्रविधि प्रदायकले लिने उच्च मूल्यले उनीहरूमाथि निर्भर अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्छ। एआई सेवाबाट प्राप्त हुने नाफा प्रविधिको स्वामित्व भएका दुई महाशक्तितर्फ प्रवाहित हुनेछ। यदि यी देशले अत्याधुनिक प्रविधिमा पहुँच सीमित गरे भने अन्य देशका उद्योगले विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता गुमाउन सक्छन्। खतरा पहिचान गर्न उन्नत एआईमा आधारित साइबर सुरक्षा प्रणाली आवश्यक पर्छ। तर तीमध्ये अधिकांश प्रविधि पनि अमेरिकी र चिनियाँ कम्पनीले विकास गरिरहेका छन्। यसका अझ गम्भीर सुरक्षा जोखिम पनि छन्। एआईको प्रयोग निगरानी, साइबर आक्रमण र राजनीतिक हेरफेरका लागि हुन सक्छ। विदेशी कम्पनीको नियन्त्रणमा रहेका प्रणालीमा लुकेका मालवेयर वा सुरक्षा कमजोरी भएमा तिनलाई होस्ट देशको जानकारीबिना पनि दुरुपयोग गर्न सकिने जोखिम रहन्छ। यस्तो खतरा पहिचान गर्न उन्नत एआईमा आधारित साइबर सुरक्षा प्रणाली आवश्यक पर्छ। तर तीमध्ये अधिकांश प्रविधि पनि अमेरिकी र चिनियाँ कम्पनीले विकास गरिरहेका छन्। अमेरिका र चीनले आफ्नो एआई प्रणालीले प्रदान गर्ने विशाल भू–राजनीतिक शक्तिलाई राम्ररी बुझेका छन्। त्यसैले उनीहरू आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न अन्य देशलाई आ–आफ्नो प्रविधि प्रणालीसँग जोड्ने प्रयास गरिरहेका छन्। अमेरिकाले ‘प्याक्स सिलिका’लाई प्रवर्द्धन गरिरहेको छ भने चीनले डिजिटल सिल्क रोडलाई अगाडि बढाइरहेको छ। दुवैले आफ्नो प्रभाव क्षेत्रका देशलाई एआई पूर्वाधार र डेटा सेन्टर क्षमतासहित प्रविधि प्रणालीमा पहुँच उपलब्ध गराउने प्रस्ताव गरिरहेका छन्। साथै, ती देशका घरेलु कम्पनीलाई पनि आफ्नो एआई प्रणालीमा लगानी गर्न प्रोत्साहित गरिरहेका छन्। स्थानीय व्यवसायका लागि अमेरिकी वा चिनियाँ कम्पनीसँग साझेदारी गर्ने बलियो आर्थिक प्रोत्साहन हुन्छ। उनीहरूले अत्याधुनिक एआई प्रविधिमा छिटो पहुँच प्राप्त गर्न सक्छन् र बजारमा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सक्छन्। खुला तौल भएका एआई मोडेल अपनाउँदैमा यस्तो निर्भरता अन्त्य हुँदैन। यस्ता मोडेल तीव्र गतिमा विकास भइरहे पनि कुनै विशेष मोडेलको संरचना, प्राविधिक प्रणाली र विकास मार्गमा निर्भर हुन सकिन्छ। यसले अर्को प्रणालीमा जान कठिन बनाउँछ। अहिलेका अधिकांश अग्रणी ओपन–वेट मोडेल अमेरिकी र चिनियाँ कम्पनीले विकास गरिरहेका छन्। त्यसैले तिनको प्रयोगले पनि देशलाई अमेरिकी वा चिनियाँ प्रविधि प्रणालीसँग बाँध्न सक्छ। स्थानीय व्यवसायका लागि अमेरिकी वा चिनियाँ कम्पनीसँग साझेदारी गर्ने बलियो आर्थिक प्रोत्साहन हुन्छ। उनीहरूले अत्याधुनिक एआई प्रविधिमा छिटो पहुँच प्राप्त गर्न सक्छन् र बजारमा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सक्छन्। यस्तो साझेदारीले घरेलु कम्पनीको नाफा बढाउन सक्छ भने विदेशी प्रविधि प्रदायकलाई पनि स्थिर प्रतिफल प्राप्त हुन्छ। तर यही व्यवस्थाले घरेलु कम्पनीलाई राष्ट्रिय च्याम्पियनका रूपमा स्थापित हुने अवसर दिन्छ। उनीहरू आफ्नो प्रभाव प्रयोग गरेर बजारमा एकाधिकार कायम गर्न सक्छन्। नियामक निकायले त्यस्ता कम्पनीको प्रतिस्पर्धाविरोधी व्यवहारमाथि अनुसन्धान गर्न कम इच्छुक हुन सक्छन्। विदेशी प्रतिस्पर्धीले पनि बजारमा प्रवेश गर्न कठिनाइ भोग्न सक्छन्। अन्ततः प्रविधिगत विकास सुस्त हुन्छ र उपभोक्तासँग सीमित विकल्प मात्रै बाँकी रहन्छन्। डिजिटल उपनिवेशवाद रोक्न अमेरिका र चीनबाहिरका देशले विश्वका उत्कृष्ट प्रविधि प्रयोग गरेर निर्माण गरिएका आफ्नै खुला र प्रतिस्पर्धी एआई प्रणालीमाथि नियन्त्रण कायम राख्नुपर्छ। विदेशी कम्पनीले स्थानीय डेटा सेन्टरको स्वामित्व लिएर एआई मोडेल र कम्प्युटिङ शक्ति उपलब्ध गराएको अवस्थालाई विचार गरौँ। स्थानीय स्टार्टअप र घरेलु कम्पनीले त्यही प्रविधिमा आधारित सेवा बिक्री गर्छन्। सार्वजनिक निकायसमेत त्यसका प्रमुख ग्राहक बन्छन्। सबै पक्षले तत्काल नाफा कमाउँछन्। तर देश आफैँ विदेशी प्रविधिमा निर्भर हुन्छ र आफ्नो आर्थिक भविष्य नियन्त्रण गर्ने क्षमता गुमाउँछ। डिजिटल उपनिवेशवाद रोक्न अमेरिका र चीनबाहिरका देशले विश्वका उत्कृष्ट प्रविधि प्रयोग गरेर निर्माण गरिएका आफ्नै खुला र प्रतिस्पर्धी एआई प्रणालीमाथि नियन्त्रण कायम राख्नुपर्छ। विशेषगरी सार्वजनिक सेवा, वित्तीय प्रणाली र राष्ट्रिय सुरक्षासम्बन्धी अनुप्रयोगमा विदेशी कम्पनीको नियन्त्रणमा रहेका कुनै पनि अवरोधकारी निर्भरता रहनु हुँदैन। मध्यम शक्तिहरूको गठबन्धन किन आवश्यक छ? विद्युत् क्षेत्रले यसका लागि उपयोगी उदाहरण प्रस्तुत गर्छ। प्रत्येक देशले विश्वका विभिन्न भागबाट प्राप्त उपकरण प्रयोग गरेर आफ्नो विद्युत् प्रणाली सञ्चालन गर्छ। अन्तर्राष्ट्रिय सहकार्य र वार्ताबाट सुरक्षा तथा प्राविधिक मापदण्ड तय हुन्छन्। उपकरण आपूर्तिकर्ताले ती मापदण्ड पालना गर्नुपर्छ। विद्युत् प्रणालीका विभिन्न तहमा धेरै कम्पनीले प्रतिस्पर्धा गर्छन्, जबकि समग्र प्रणालीको सञ्चालन र सुरक्षालाई कडाइका साथ नियमन गरिन्छ। एआईमा पनि यस्तै व्यवस्था निर्माण गर्न सकिन्छ। फ्रान्सले मिस्ट्रललाई दिएको समर्थन, जापानले आफ्नो आर्थिक तथा सुरक्षा नीतिमा एआईलाई समावेश गरेको प्रयास, बेलायतले एआई सुरक्षा संस्थान स्थापना गरेको कदम र संयुक्त अरब इमिरेट्सले आफ्नो ऊर्जा स्रोत प्रयोग गरेर कम्प्युटिङ क्षमता निर्माण गरेको प्रयास सही दिशातर्फका कदम हुन्। मध्यम शक्ति राष्ट्रका सरकारले आफ्नो देशमा सञ्चालन हुने एआई प्रणालीले साझा प्राविधिक र सुरक्षा मापदण्ड पालना गरेको सुनिश्चित गर्न यस्तो निकाय आवश्यक छ। तर यीमध्ये कुनै एउटा प्रयासले मात्र खुला र प्रतिस्पर्धी एआई प्रणाली निर्माण गर्न सक्दैन। फ्रान्स, जर्मनी, बेलायत, भारत, संयुक्त अरब इमिरेट्स, क्यानडा र ब्राजिलजस्ता मध्यम शक्तिले धेरै क्षेत्रमा एकसाथ सहकार्य गर्नुपर्छ। उनीहरूले आफ्नो पूँजी, ऊर्जा, जनशक्ति, अनुसन्धान र प्रविधिगत क्षमतालाई एकीकृत गर्न सके अमेरिका र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने तेस्रो एआई प्रणाली निर्माण गर्न सम्भव हुनेछ। विश्वव्यापी व्यापार, उड्डयन, दूरसञ्चार, आणविक ऊर्जा र समुद्री क्षेत्रले अन्तर्राष्ट्रिय सहकार्यबाट ठूलो लाभ उठाएका छन्। एआई पनि यसबाट अलग हुन सक्दैन। फिनल्यान्ड र नर्वेले हालै प्रस्ताव गरेअनुसार संयुक्त राष्ट्रसंघको छातामुनि वा अन्य कुनै बहुपक्षीय संस्थामार्फत अन्तर्राष्ट्रिय एआई सुरक्षा निकाय स्थापना गर्नुपर्छ। मध्यम शक्ति राष्ट्रका सरकारले आफ्नो देशमा सञ्चालन हुने एआई प्रणालीले साझा प्राविधिक र सुरक्षा मापदण्ड पालना गरेको सुनिश्चित गर्न यस्तो निकाय आवश्यक छ। यी मापदण्डको व्यावसायिक महत्त्व पनि ठूलो हुनेछ। एआई प्रणालीको खरिद, नियमन, बीमा र दायित्वसम्बन्धी नियम निर्धारणमा तिनले प्रभाव पार्नेछन्। त्यसपछि अमेरिका र चीनलाई समेत ती मापदण्ड निर्माणमा सहभागी हुन बलियो प्रोत्साहन प्राप्त हुनेछ। ब्ल्याक रकका प्रमुख कार्यकारी अधिकृत ल्यारी फिङ्कले हालै उल्लेख गरेअनुसार सन् १९८९ यता अमेरिकी इक्विटीमा लगानी गरिएको एक डलर औसत ज्यालासँग जोडिएको एक डलरको तुलनामा १५ गुणा बढीले बढेको छ। मध्यम शक्तिहरूको गठबन्धनले एआई सेवाबाट प्राप्त हुने नाफामा एकीकृत कर प्रणाली विकास गर्ने प्रयास पनि गर्नुपर्छ। अमेरिकी र चिनियाँ कम्पनीले अन्य देशमा एआई सेवा उपलब्ध गराएर प्राप्त गर्ने नाफा सीमित देशमा मात्र केन्द्रित हुन नदिन यस्तो व्यवस्था आवश्यक छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मार्फत गरिएको सामूहिक प्रयासले न्यूनतम विश्वव्यापी कर्पोरेट कर दरसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता सम्भव बनाएको थियो। सीमापार एआई सेवामा पनि यस्तै प्रकारको सामूहिक प्रयास आवश्यक छ। एआई करबाट प्राप्त राजस्व बालबालिकाका लागि लगानी खातामा जम्मा गर्न सकिन्छ। ब्ल्याक रकका प्रमुख कार्यकारी अधिकृत ल्यारी फिङ्कले हालै उल्लेख गरेअनुसार सन् १९८९ यता अमेरिकी इक्विटीमा लगानी गरिएको एक डलर औसत ज्यालासँग जोडिएको एक डलरको तुलनामा १५ गुणा बढीले बढेको छ। यस्तै इक्विटीमा आधारित योजनाले भावी पुस्तालाई आफ्नो श्रमबाट मात्र होइन, एआई अर्थतन्त्रमा स्वामित्व प्राप्त गरेर पनि सम्पत्ति निर्माण गर्ने अवसर दिन सक्छ। प्रविधिले सिर्जना गर्ने आर्थिक लाभ नागरिकसम्म पुर्याउने यो एउटा उपाय हुन सक्छ। मध्यम शक्तिहरूले एआई करबाट प्राप्त राजस्व एकत्रित गरेर संयुक्त एआई कम्पनी स्थापना गर्न पनि सक्छन्। यस कम्पनीले अत्याधुनिक खुला तौल भएका एआई मोडेल विकास गर्नेछ। यसको नाम ‘दुनिया’ राख्न सकिन्छ। हिन्दी, उर्दू, फारसी, अरबी र अन्य धेरै भाषामा दुनिया शब्दको अर्थ संसार हुन्छ। दुनियाको खुलापन र उद्देश्य जोगाउन एउटा स्वतन्त्र तथा उद्देश्यमा प्रतिबद्ध फाउन्डेसन आवश्यक हुनेछ। बोश स्टिफटुङ वा गार्जियनको स्वामित्वमा रहेको स्कट ट्रस्टजस्ता संरचनाबाट प्रेरणा लिन सकिन्छ। दुनियाले एआई मोडेलका क्षेत्रमा त्यस्तै भूमिका निर्वाह गर्ने लक्ष्य राख्नेछ, जस्तो रेड ह्याटले क्लाउड पूर्वाधार र मोजिलाले वेब ब्राउजरको क्षेत्रमा निर्वाह गरेका छन्। यसलाई आर्थिक रूपमा आत्मनिर्भर हुनुअघि दशौं अर्ब डलर लगानी आवश्यक पर्न सक्छ। कुनै एउटा मध्यम शक्तिका लागि यति ठूलो लगानी सम्भव नहुन सक्छ। तर धेरै देशले संयुक्त रूपमा स्रोत परिचालन गरेमा यस्तो परियोजना अघि बढाउन सकिन्छ। दुनियाको खुलापन र उद्देश्य जोगाउन एउटा स्वतन्त्र तथा उद्देश्यमा प्रतिबद्ध फाउन्डेसन आवश्यक हुनेछ। बोश स्टिफटुङ वा गार्जियनको स्वामित्वमा रहेको स्कट ट्रस्टजस्ता संरचनाबाट प्रेरणा लिन सकिन्छ। यस्तो फाउन्डेसनले कम्पनीको गोल्डेन सेयर राख्नेछ, जसले कम्पनीको मूल उद्देश्य र खुलापनलाई सुरक्षित राख्नेछ तथा कुनै ठूलो कम्पनीले अधिग्रहण गरेर आफ्नो नियन्त्रणमा लिनबाट रोक्नेछ। यसका एआई मोडेललाई अन्तर्राष्ट्रिय एआई सुरक्षा निकायले नियमन र प्रमाणित गर्न सक्नेछ। दुनियाले अमेरिका र चीनका उत्कृष्ट एआई मोडेलसँग प्रतिस्पर्धा गर्नेछ, तर प्याक्स सिलिका वा डिजिटल सिल्क रोडको नियन्त्रणमा रहनेछैन। यसबाट अन्य देशहरूले अमेरिका वा चीनमाथि निर्भर नभई सार्वजनिक सेवाहरू र राष्ट्रिय सुरक्षासम्बन्धी महत्त्वपूर्ण काममा दुनियाका एआई मोडेल प्रयोग गर्न सक्नेछन्। सार्वभौम एआईका आधारहरू मध्यम शक्तिहरूले एआई सार्वभौमिकता निर्माण गर्ने विषयमा आधा–अधुरा प्रयास गर्नु हुँदैन। एआई प्रणाली धेरै तहमा विभाजित हुन्छन् र ती सबै एकअर्कामा निर्भर छन्। ऊर्जाले चिप सञ्चालन गर्छ। चिपले प्रशोधनको काम गर्छन् र कम्प्युटिङ पूर्वाधार निर्माण गर्छन्। यही पूर्वाधारमा एआई मोडेल सञ्चालन हुन्छन्। मोडेललाई विशाल डेटासेट र विभिन्न सञ्चालन प्रोटोकलमार्फत प्रशिक्षण तथा अनुकूलन गरिन्छ। त्यसपछि तिनको माथि एआई एजेन्टले प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँछन्। प्रतिस्पर्धा नियामक निकायले एआई प्रणालीका सबै तहमा प्रतिस्पर्धा र अन्तरसञ्चालनीयता सुनिश्चित गर्नुपर्छ। कुनै एउटा कम्पनी आर्थिक रूपमा एक मात्र विकल्प बन्ने अवस्था रोक्नुपर्छ। यदि कुनै प्रभुत्वशाली कम्पनीले एउटा तहमा आफ्नो बजार शक्ति प्रयोग गरेर अर्को तहमा समेत नियन्त्रण विस्तार गर्यो भने एउटा देशले कुनै एक क्षेत्रमा प्रतिस्पर्धा कायम राखे पनि अर्को क्षेत्रमा विदेशी कम्पनीको मूल्य र सर्त स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ। विक्रेतामाथिको निर्भरता र छिमेकी डिजिटल बजारबाट विदेशी कम्पनीले नाफा लैजाने अवस्था कुनै पनि देशको दीर्घकालीन हितमा हुँदैन। त्यसैले प्रतिस्पर्धा नियामक निकायले एआई प्रणालीका सबै तहमा प्रतिस्पर्धा र अन्तरसञ्चालनीयता सुनिश्चित गर्नुपर्छ। कुनै एउटा कम्पनी आर्थिक रूपमा एक मात्र विकल्प बन्ने अवस्था रोक्नुपर्छ। युरोपेली संघको डिजिटल मार्केट्स एक्टले डिजिटल बजारका गेटकिपर पहिचान गर्ने, आफ्नै सेवाको पक्षमा अनुचित प्राथमिकता दिने अभ्यास सीमित गर्ने र अन्तरसञ्चालनीयतासम्बन्धी कडा व्यवस्था लागू गर्ने आधार तयार गरेको छ। एआई प्रणालीमा पनि यस्तै पूर्वनियामक दृष्टिकोण लागू गर्न सकिन्छ। बेलायतको डिजिटल मार्केट्स, कम्पिटिसन एन्ड कन्ज्युमर्स एक्टले पर्याप्त बजार शक्ति भएका कम्पनी पहिचान गर्ने आफ्नै कानुनी ढाँचा प्रदान गरेको छ। प्रत्येक देशले आफ्नो सीमाभित्र सञ्चालन हुने एआई प्रणालीमाथि कस्तो नियन्त्रण राख्ने र कति जोखिम स्वीकार गर्ने भन्ने निर्णय गर्न सक्नुपर्छ। भारतमा पनि ठूला प्रविधि कम्पनीका प्रतिस्पर्धाविरोधी अभ्यासबारे सन् २०२२ मा तयार पारिएको संसदीय प्रतिवेदनले सन् २०२४ को डिजिटल प्रतिस्पर्धा विधेयकको मस्यौदा तयार गर्ने प्रक्रियालाई प्रेरित गरेको थियो। उक्त विधेयकले पनि यस्तै प्रकारका पूर्वनियामक व्यवस्था प्रस्ताव गरेको थियो। प्रतिस्पर्धालाई डिजिटल प्रणालीको संरचनाभित्रै समावेश गर्न सकिन्छ। भारतको डेटा सशक्तीकरण तथा संरक्षण संरचनाले डेटा प्रवाहमा पारदर्शिता र त्यसको प्रयोग पत्ता लगाउन सकिने व्यवस्था कसरी विकास गर्न सकिन्छ भन्ने देखाएको छ। यही सिद्धान्त एआई सेवामा पनि लागू गर्न सकिन्छ। प्रत्येक देशले आफ्नो सीमाभित्र सञ्चालन हुने एआई प्रणालीमाथि कस्तो नियन्त्रण राख्ने र कति जोखिम स्वीकार गर्ने भन्ने निर्णय गर्न सक्नुपर्छ। अन्ततः प्रत्येक नागरिकलाई डिजिटल सार्वजनिक सम्पत्तिका रूपमा विभिन्न प्रकारका एआई एजेन्टमा पहुँच उपलब्ध हुनुपर्छ। मेटाको म्युजको हालैको सफलताले एआई एजेन्ट मानिसले एआई सेवामा पहुँच प्राप्त गर्ने प्रमुख माध्यममध्ये एक बन्दै गएको देखाएको छ। भारतको प्रविधि सेवा उद्योग विश्वकै सबैभन्दा ठूलो र परिष्कृत उद्योगमध्ये एक हो। अमेरिका र चीनपछि भारतसँग विश्वकै तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम छ। प्रविधि कम्पनीलाई खुला र अन्तरसञ्चालनीय प्रणालीमा आधारित, सुरक्षा मापदण्ड पूरा गर्ने, निःशुल्क तथा गोपनीयता संरक्षण गर्ने एआई एजेन्ट उपलब्ध गराउन अनिवार्य गर्न सकिन्छ। यसबाट नागरिकले एउटा प्रदायकबाट अर्कोमा स्वतन्त्र रूपमा जान सक्नेछन्। कम्पनीले भने यस्ता आधारभूत सेवामाथि थप सुविधा र प्रिमियम सेवा उपलब्ध गराएर आम्दानी गर्न सक्नेछन्। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र ब्राजिलको पिक्सले यस्तो प्रकारको डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्न सकिने सम्भावना देखाएका छन्। सार्वभौम एआई निर्माण गर्ने विषयमा भारतसँग राम्रो सुरुवात छ। भारतको प्रविधि सेवा उद्योग विश्वकै सबैभन्दा ठूलो र परिष्कृत उद्योगमध्ये एक हो। अमेरिका र चीनपछि भारतसँग विश्वकै तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम छ। भारतसँग विशाल डिजिटल पूर्वाधार छ, जसलाई विश्वकै सस्तो मोबाइल डेटा दरमध्ये एकले सहयोग गरेको छ। उसको बायोमेट्रिक पहिचान प्रणाली आधार र डिजिटल भुक्तानी प्रणालीले एक अर्बभन्दा बढी मानिसलाई सेवा उपलब्ध गराउँछन्। भारतीय नागरिक नयाँ प्रविधि प्रारम्भिक चरणमै अपनाउने प्रयोगकर्ताका रूपमा पनि परिचित छन्। यी सबै आधारले भारतलाई आफ्नै एआई क्षमता निर्माण गर्ने महत्त्वपूर्ण अवसर दिएका छन्। परिवर्तन सबै देश र नागरिकका लागि समान अवसरमा आधारित हुनेछ कि केही शक्तिशाली देश र कम्पनीको नियन्त्रणमा रहनेछ भन्ने कुरा आज गरिने निर्णयमा निर्भर छ। अन्य मध्यम शक्तिहरूले पनि आफ्नो एआई क्षमता बलियो बनाउनुपर्छ। त्यसो गर्न नसके एआई क्रान्तिले विश्वलाई दुई प्रविधिगत साम्राज्यबीच विभाजित गर्नेछ। यसबाट औपनिवेशिक इतिहासको तुलनामा कुनै कम शोषणकारी नहुने नयाँ प्रकारको निर्भरता र असमानताको युग सुरु हुन सक्छ। एआईले विश्व अर्थतन्त्रलाई रूपान्तरण गर्नेछ। तर त्यो परिवर्तन सबै देश र नागरिकका लागि समान अवसरमा आधारित हुनेछ कि केही शक्तिशाली देश र कम्पनीको नियन्त्रणमा रहनेछ भन्ने कुरा आज गरिने निर्णयमा निर्भर छ। डिजिटल युगमा सार्वभौमिकताको अर्थ प्रविधि प्रयोग गर्न पाउनु मात्र होइन। आफ्नो डेटा, पूर्वाधार, आर्थिक लाभ र प्रविधिगत भविष्यमा नियन्त्रण कायम राख्न सक्नु पनि हो। त्यसैले अमेरिका र चीनबाहिरका मध्यम शक्तिहरूले अहिले नै सहकार्य गरेर खुला, सुरक्षित र प्रतिस्पर्धी एआई प्रणाली निर्माण गर्नुपर्छ। (जयन्त सिन्हा भारतका पूर्व अर्थ तथा नागरिक उड्डयन राज्यमन्त्री, एभरस्टोन समूहका अध्यक्ष तथा लन्डन स्कुल अफ इकोनोमिक्समा भिजिटिङ प्रोफेसर इन प्राक्टिस हुन्।) -© Project Syndicate, 2026. साझेदारीअन्तर्गत नेपाली अनुवाद तथा प्रस्तुति।
एआईको नयाँ उपनिवेशवाद

Read Complete Original Article
Published originally on नेपालन्युज






