Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव एकनारायण अर्याल कलकत्ताबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव एकनारायण अर्याल कलकत्ताबाट पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। मलेसिया रोजगार ठगी तथा संगठित अपराध कसुर प्रकरणमा फरार पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। प्रहरीले अर्याललाई बिहीबार नेपाल-भारत सीमाबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। अर्याल भारत कलकत्ताबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अनुसन्धान अधिकृतले बताए। यस सम्बन्धी विस्तृत विवरण प्रहरीले खुलाएको छैन। मलेसिया रोजगारी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआईबीले पक्राउ पुर्जी लिएपछि अर्याल भारततर्फ फरार भएका थिए। नेपाल र मलेसिया सरकारबीच भएको रोजगार सम्झौतामा एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँको ठगी तथा संगठित अपराध भएको कसुरमा पूर्वमन्त्री, पूर्वसचिव, सहसचिवदेखि निजी कम्पनीका सञ्चालकमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसक्रममा २ कात्तिकमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका थिए। उनीहरुसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, व्यवस्थापन शाखा प्रमुख उमेश ढुंगाना, सहसचिव राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्याल पक्राउ
Latest NewsJust now

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्याल पक्राउ

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ परेका हुन्। ...

हाम्राकुरा
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
Latest NewsJust now

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

वेस्ट पाम बीच, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रूटले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गरेका छन् । ट्रम्पको मार–ए–लागो रिसोर्टमा भएको वार्तापछि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, “भेट युक्रेन र इरानका युद्धमा केन्द्रित थियो र ‘उत्कृष्ट’ र ‘धेरै प्रभावकारी’ भएको थियो ।” “हामीले रुसले जानाजानी वा ...

केन्द्रबिन्दु
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ :  पर्यटन मन्त्री
Latest NewsJust now

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ :  पर्यटन मन्त्री

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्ने बताएका छन् । आज सिमरामा आयोजित पर्यटन तथा होटल व्यवसायीहरूसँगको छलफलमा मन्त्री पौडेलले निजगढ... ...

रातोपाटी
सरकार लोकप्रियताको होडमा देखियो: वर्षमान पुन
Latest NewsJust now

सरकार लोकप्रियताको होडमा देखियो: वर्षमान पुन

रोल्पामा आयोजित पत्रकार भेटघाटमा उनले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सीमासम्बन्धी अडान र विकास निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement