सीजेपीको दिल्लीमा घण्टौँ प्रदर्शन, नेहा र अभिजीत हिरासतमा

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)को आह्वानमा शुक्रबार भारतको नयाँदिल्लीस्थित कनट प्लेस क्षेत्रमा ‘लहरा दो तिरंगा’ मार्च निकालिएको छ । निर्वाचन आयोगको मतदाता नामावलीमा गरिएको धाँधली विरुद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत यो मार्च निकालिएको हो । मार्चअघि नै सीजेपीका संस्थापक अभिजीत दीपके र प्रदर्शनका क्रममा वामपन्थी विद्यार्थी संगठन आइसा (एआईएसए) की राष्ट्रिय अध्यक्ष नेहा बोरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै नेता नियन्त्रणमा लिए पनि कनट प्लेसको इनर सर्कल क्षेत्रमा सयौँ विद्यार्थी, आम आदमी पार्टीका कार्यकर्ता र नागरिक समाजका प्रतिनिधि प्रदर्शनमा सहभागी भएका थिए । प्रहरीले थप प्रदर्शनकारीलाई समेत नियन्त्रणमा लिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै नयाँदिल्ली नगरपालिका परिषद् (एनडीएमसी)ले सेन्ट्रल पार्क दुई दिनका लागि बन्द गरेको थियो । सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर दिल्ली प्रहरीले उक्त क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत निषेधाज्ञासमेत लागु गरेको थियो । घण्टौँ प्रदर्शन, सीजेपी र भाजपा समर्थकबीच नाराबाजी शुक्रबार साँझ अभिजीत दीपके र नेहा बोरालाई प्रहरीले नियन्त्रणमा लिएपछि पनि लामो समयसम्म प्रदर्शन जारी रह्यो । बीबीसीले कनट प्लेसको इनर सर्कलस्थित सेन्ट्रल पार्क वरपर र पालिका बजारको प्रवेशद्वार नम्बर १ नजिक ठूलो संख्यामा मानिस भेला भएका थिए । उनका अनुसार, त्यहाँ दुई समूह स्पष्ट रूपमा देखिएका थिए । एउटा समूह मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नाराबाजी गरिरहेको थियो । अर्को समूह प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा नारा लगाइरहेको थियो । रावका अनुसार, सुरुमा केही समय प्रहरीले हस्तक्षेप गरेको थिएन । करिब आधा घण्टापछि प्रहरीले भाजपाको समर्थनमा नाराबाजी गरिरहेको समूहलाई त्यहाँबाट हटाएको थियो । त्यसपछि दिल्ली प्रहरी र अर्धसैनिक बलका जवानहरूले सीजेपी समर्थित प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रहरीको कारबाहीका क्रममा केही प्रदर्शनकारी सडकमा बसेर नाराबाजी र धर्ना गर्न थालेका थिए । रावका अनुसार, प्रहरीले करिब ४५ मिनेटसम्म कारबाही गरी उनीहरूलाई हटाएको थियो । सडकमा बसिरहने प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । अबेर साँझसम्म पनि क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसपछि प्रदर्शनको माहोल क्रमशः शान्त हुँदै गएको थियो । दीपकेलाई अज्ञात स्थानमा लगेको सीजेपीको आरोप सीजेपीले अभिजीत दीपकेलाई नियन्त्रणमा लिएपछि उनका कानुनी सल्लाहकार तथा वकिलसँग समेत सम्पर्क गर्न नदिइएको आरोप लगाएको छ । पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “दिल्ली प्रहरीले अभिजीत दीपकेलाई अज्ञात स्थानमा लगेको छ । उहाँसँग हाम्रो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । उहाँलाई वकिलहरूसँग कुरा गर्नसमेत दिइएको छैन । सरकारले देशका युवासँग आतंकवादीजस्तो व्यवहार किन गरिरहेको छ ?” पार्टीले आफूहरू समान अधिकार भएका भारतीय नागरिक भएको र संविधानले प्रदान गरेका अधिकार तथा सुरक्षाको हकदार रहेको उल्लेख गर्दै दीपकेलाई कहाँ लगिएको हो भन्नेबारे प्रहरीले जवाफ दिनुपर्ने माग गरेको छ । सीजेपीले दीपके राष्ट्रिय झण्डा बोकेर घरबाट निस्किएको उल्लेख गर्दै झण्डा बोकेर हिँड्नु कहिलेदेखि अपराध भयो भन्ने प्रश्नसमेत गरेको छ । शुक्रबार साँझ दिल्ली प्रहरीले दीपकेलाई उनी बस्दै आएको आवास परिसरबाट नियन्त्रणमा लिएको थियो । ‘लहरा दो तिरंगा’ मार्चमा सहभागी हुन राष्ट्रिय झण्डा बोकेर घरबाट निस्कने क्रममा प्रहरीले उनलाई रोक्दै नियन्त्रणमा लिइएको बताएको थियो । त्यसबेला दीपके कनट प्लेसस्थित सेन्ट्रल पार्कतर्फ जाँदै थिए । बीबीसी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


