Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको उपस्थिति रहने गरेको छ । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
ताजा खबरJust now

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

रातोपाटी
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
ताजा खबरJust now

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

केन्द्रबिन्दु
क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
ताजा खबरJust now

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

कर्पोरट खबर
मौलिकता खोज्दै हिँडेको दसैँ
ताजा खबरJust now

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play