Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी

सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी

काठमाडौं।सिभिल ड्रेसमा आएका प्रहरीको एक टोली शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालय पुगेको छ। टोलीले अपराध अनुसन्धान तथा सुरक्षा विषयमा समाचार लेख्दै आएका पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो। नयाँ पत्रिकाका पत्रकार यम बमका अनुसार आफूहरू प्रहरी भएको बताउँदै आएको टोलीले मैनालीबारे सोधपुछ गरेको थियो। ‘पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टोली आइपुगेको छ,’ बमले भने, ‘उहाँ तत्काल कार्यालयमा नभएकाले टोलीसँग छलफल भइरहेको छ।’ प्रहरी टोली मैनालीलाई नै खोज्दै कार्यालय पुग्नुको कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पत्रकारमाथिको धरपकडबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो– हामीलाई जानकारी छैन
ताजा खबरJust now

पत्रकारमाथिको धरपकडबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो– हामीलाई जानकारी छैन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार भएका घटनाक्रमबारे प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै जानकारी नभएको बताएकी छन्। ‘आज जे–जति घटनाक्रम विकसित भएका छन्, ती घटनाक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ...

केन्द्रबिन्दु
समाचार कक्षबाटै पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल
ताजा खबरJust now

समाचार कक्षबाटै पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल

काठमाडौँ। प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता... ...

रातोपाटी
पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास: एमाले महासचिव पोखरेल
ताजा खबरJust now

पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास: एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन्।  शुक्रबार मिडियाको समाचार कक्षमा सादा पोशाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई घरपकड गरिरहेको सन्दर्भमा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएका हुन्। पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणम... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play