सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन सुविधा, ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय आवश्यकता सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो ।यस सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप Siddhartha Bank Smart बचत मार्फत सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।बैंकका अनुसार ग्राहकले धितोमा राख्ने सेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्य
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अमेरिकी निर्वाचनअघि एआईको डाटामा पहुँचले सुरक्षा चिन्ता बढायो
एन्थ्रोपिकको क्लोड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ। नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो। एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लोडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्कमा पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा बढी मतदाताले ...

काठमाडौंमा ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आयोजना हुँदै
काठमाडौं । नेपालको खुला स्रोत प्रविधि तथा डाटाबेस प्रविधिसम्बन्धी समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आगामी नोभेम्बर २० र २१ मा आयोजना हुने भएको छ । सम्मेलनको यो चौथो संस्करणमा डाटाबेस विशेषज्ञ, सफ्टवेयर डेभलपर, आईटी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।आयोजकका अनुसार नोभेम्बर १८ र १९ मा काठमाडौं विश्वविद्यालय स्कुल ...

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
– हिरबहादुर शाही दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सरसामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो । केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्न पनि कठिन थियो । रकम अभाव हुँदा सामान उधारो दिने वा विश्वासकै आधारमा कारोबार चलाउने प्रचलन थियो तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्णरूपमा बदलिएको छ । व्यवसायी शाहीका अनुसार डिजिटल ...

समकक्षता प्रमाणपत्र वितरण सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले अनलाइनमार्फत प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्र वितरणसम्बन्धी सेवा अस्थायी रूपमा बन्द गरेको छ । अनलाइन प्रणालीमा सुरक्षा अद्यावधिक गर्नुपर्ने भएपछि सेवा रोकिएको केन्द्रले जनाएको छ ।राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी फेला परेको भन्दै आवश्यक सतर्कता अपनाउन साइबर सुरक्षा एड्भाइजरी जारी गरेको थियो । सोही चेतावनीलाई ध्यानमा राख्दै पाठ्यक्रम विकास केन्द्रले आफ्नो अनलाइन ...


