Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अमेरिकी निर्वाचनअघि एआईको डाटामा पहुँचले सुरक्षा चिन्ता बढायो

अमेरिकी निर्वाचनअघि एआईको डाटामा पहुँचले सुरक्षा चिन्ता बढायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी निर्वाचनअघि एआईको डाटामा पहुँचले सुरक्षा चिन्ता बढायो

एन्थ्रोपिकको क्लोड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ। नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो। एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लोडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्कमा पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका छन्। आन्तरिक तथ्याङ्क परियोजनाका लागि प्रशिक्षित एआई मोडेलले अनुमति नलिई प्रणालीको अवरोध छल्दै पेवालपछाडिको जानकारीमा पहुँच गरेको प्रवक्ताले बताएका छन्। तर, मोडेलले राज्यको मतदाता दर्ता प्रणालीमा पहुँच नगरेको तथा कुनै पनि मतदान अभिलेख परिवर्तन वा डाउनलोड नगरेको उनले स्पष्ट पारे। कम्पनीले यस्ता गतिविधि रोक्न आवश्यक उपायहरू अपनाएको पनि उनले बताए। यस घटनाले बढ्दो स्वायत्त क्षमतायुक्त एआई प्रणालीलाई विकासकर्ता कम्पनीहरूले कत्तिको प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छन् भन्ने विषयमा चिन्ता थपेको छ। यसअघि जुलाईमा ओपनएआईका एआई एजेन्टहरूको एउटा समूहले आफ्नो परीक्षण वातावरणबाट बाहिरिएर एआई कम्पनी हगिङ फेसमाथि साइबर आक्रमण गरेको थियो। उक्त घटनाले अन्तरराष्ट्रियस्तरमा चिन्ता बढाएको थियो । अन्य कम्पनीहरूले पनि यस्तै प्रकृतिका घटना सार्वजनिक गरेका छन्। यी घटनापछि अमेरिका तथा अन्य देशमा एआई विकास र प्रयोगमाथि कडा निगरानी गर्नुपर्ने माग बढेको छ । सेप्टेम्बरमा अमेरिकी प्रविधि क्षेत्रका कार्यकारीहरूले एआई मोडेलमा पर्याप्त सुरक्षा उपाय सुनिश्चित गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रतिबद्धतालाई नैतिक रूपमा बाध्यकारी पहलका रूपमा व्याख्या गरेका थिए। रासस/एएफपी The post अमेरिकी निर्वाचनअघि एआईको डाटामा पहुँचले सुरक्षा चिन्ता बढायो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एन्थ्रोपिकले बजारबाट ८५.७ अर्ब अमेरिकी डलर उठाउने योजनाका साथ नियामकिय आवेदन दर्ता
प्रविधिJust now

एन्थ्रोपिकले बजारबाट ८५.७ अर्ब अमेरिकी डलर उठाउने योजनाका साथ नियामकिय आवेदन दर्ता

एआई जायन्ट एन्थ्रोपिक आधिकारिक रूपमा सार्वजनिक स्टक बजारको लागि अग्रसर छ जुन जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स बूमको मुटुमा रहेको पाँच वर्ष पुरानो कम्पनीको लागि ऐतिहासिक प्रस्ताव हुने अपेक्षा गरिएको छ। सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा गरिएको फाइलिङमा, एन्थ्रोपिकले भन्यो कि यसले टिकर प्रतीक “एएनटी” अन्तर्गत नास्डाकमा सूचीबद्ध गर्ने योजना बनाएको सीएनबीसीले रिपोर्ट गरेको छ। एआई मोडल ‘क्लोड’को पछाडि रहेको कम्पनीले जून महिनामा गोप्य रूपमा ...

टेक्नोलोजी खबर
मिडिया र सुशासन: आन्तरिक रूपान्तरणको खोजी
प्रविधिJust now

मिडिया र सुशासन: आन्तरिक रूपान्तरणको खोजी

- यादव घिमिरे राज्य सञ्चालनको लोकतान्त्रिक परिपाटीभित्र सुशासन र सञ्चार माध्यम एकअर्काका परिपूरक हुन्। आधुनिक राजनीतिक दर्शन र... ...

सिंहदरबार न्युज
एनपीएल : लुम्बिनीको सानदार सुरुआत
प्रविधिJust now

एनपीएल : लुम्बिनीको सानदार सुरुआत

९ कात्तिक, काठमाडौं। लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुआत गरेको छ । जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो । जसमा डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ […] The post एनपीएल ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play