सिटिजन्स बैंक र एथलीट ल्यान्डबीच विशेष छुट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रा.लि. बालकुमारी, खरीबोट, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट २० लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । The post सिटिजन्स बैंक र एथलीट ल्यान्डबीच विशेष छुट दिने समझदारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनायाे
काठमाडाैँ। पाेखरा एभेन्जर्ससँगकाे खेलमा सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनाएको छ। उसले ३ विकेट गुमाएर १२८ रन बनाएकाे हाे। दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डे क्रिजमा छन्। अब जितको... ...

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
काठमाडौं।अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो । ...

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौँ। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार सहभागी थिए। ...
![एनपीएल मैदानमा दर्शकको खुसी [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/whatsapp-image-2026-10-28-at-64243-pm-28102026032927-watermarked.jpg)
एनपीएल मैदानमा दर्शकको खुसी [तस्बिरहरू]
सुदूरपश्चिम र पोखराको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ । ...


