स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार सहभागी थिए। बैठकमा विगतमा भएका सहमतिमध्ये हालसम्म कार्यान्वयनमा आएका विषयको समीक्षा पनि गरिएको थियो। वर्तमान सरकारले विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गरी कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने योजनाअनुसार बैठक आयोजना गरिएको जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१० बजे १० समाचार : सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दलहरू, छिमेकीसँग सम्बन्ध बढाउँदै रास्वपा–सरकार
राताेपाटी ब्रिफिङ ...

एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौँ। एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता एनएमबि बैंक लिमिटेडले आ नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि... ...

पोखरा स्कुल बस दुर्घटना: प्राविधिक खराबी र चालकको लापरवाही मुख्य कारण
काठमाडौं। पोखराको माझठानामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा दुर्घटनाका विविध पक्षको विश्लेषण गरिएको छ। गत असोज २३ गते विद्यार्थी बोकेको ग २ ख १७४७ नम्बरको बस माझठानाबाट कालिकातर्फ जाँदै गर्दा सडकबाट करिब २०० ...

देवानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन राप्रपा सांसद ओलीको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेकी छन्। कप्तानगञ्ज पुगेर सहिद परिवार र घाइतेहरूसँग भेट गरेपछि... ...


