Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

काठमाडौं।अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो । सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा समेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो । कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ । यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाहरुको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरुमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
ताजा खबरJust now

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ

चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९... ...

रातोपाटी
जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च
ताजा खबरJust now

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् । ...

कान्तिपुर
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
ताजा खबरJust now

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी... ...

रातोपाटी
विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
ताजा खबरJust now

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play