Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै कात्तिक १४ मा नेपथ्य गुन्जन लागेको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए । नेपथ्य सिक्किममा चौथो पटक प्रस्तुत हुन लागेको हो । राजधानीकै मुख्य स्टेडियममा आयोजना हुन लागेको हिसाबले कन्सर्ट भव्य र सिक्किममा नेपथ्यको उपस्थितिका हिसाबले विशेष हुने विश्वास आयोजकहरूले लिएका छन् । निकै अघिदेखि फुटबल प्रतियोगिता आयोजना हुँदै आएको पाल्जोर स्टेडियम तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामद्वारा उद्घाटन गराएर बहुउद्देश्यीय स्टेडियमका रूपमा विकास गरिएको हो । ‘कन्सर्ट आयोजनादेखि साधनस्रोतसम्म जुटाउन चौतर्फी हिसाबले व्यापक तयारी अघि बढिसकेको छ,’ आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले प्रतिक्रिया दिए, ‘मैदानको व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौँ ।’ सिक्किमवासीले पछिसम्मै याद राख्ने हिसाबले कन्सर्टको तयारी भइरहेको उनले जानकारी दिए । हिमाली राज्यको सुन्दरताको प्रवर्धन र तन्नेरी पुस्ताको मनोबल उकास्ने अवसरका हिसाबले पनि कन्सर्टलाई अघि बढाइएको उनको भनाइ छ । कार्यतालिका अनुसार ३१ तारिखको बेलुकी ठीक ५ बजे पाल्जोर स्टेडियमका ढोकाहरू खुला गरिनेछन् भने बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेछ । सिक्किममा नेपाली, भुटिया र लेप्चा लोक परम्पराबाट विकास भएका सङ्गीत आम रूपमा प्रचलित छन् । नेपालमा जस्तै मादल, सारङ्गी, डम्फु, टुङ्नादेखि नौमतीसम्मका वाद्ययन्त्रको व्यापक प्रयोग गर्ने त्यहाँको समाजले तामाङ सेलो सर्वाधिक रुचाउँछ । सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन् । पालाम गाउने, च्याब्रुङ बजाउने/नाच्ने गरिन्छ । नेपालसँग ठ्याक्कै मिल्ने गरी रोपाइँदेखि मेलापात र चाडपर्व सङ्गीतकै भाकामा सम्पन्न हुँदै आएका छन् । यस्तोमा नेपालका ग्रामीण भेगहरू डुलेर सङ्कलन गरिएका नेपथ्यका गीतहरूलाई सिक्किमका श्रोताले धेरै पहिलेदेखि मन पराउँदै आएका छन् । त्यहाँका रेडियोहरूमा नेपथ्यका गीतहरू उत्तिकै घन्किने गरेका छन् । कन्सर्टका निम्ति पुगेका बेला गायक अमृत गुरुङका अन्तर्वार्ता पनि बज्ने गरेका छन् । ‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर प्रभावित श्रोताले पठाउने गरेका मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ ब्यान्डका अगुवासमेत रहेका गायक अमृत भन्छन्, ‘यो पाला रङ्गशालामै आयोजना हुन लागेको कन्सर्टलाई लिएर उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’ अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शक थिए। ‘अन्तर्राष्ट्रिय भेन्युदेखि साना गाउँहरूसम्म ब्यान्डलाई उत्तिकै स्तरमा प्रस्तुत गर्ने काम केही वर्षदेखि सफलतापूर्वक सम्पन्न हुँदै आएको छ,’ ब्यान्डलाई प्रवर्धन एवं परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एक महिनायता मात्रै दक्षिण कोरिया, दुबई र काठमाडौँको भव्य आयोजनाका बीच दर्शकबाट जेजस्तो उत्साहप्रद प्रतिक्रिया पाएका थियौँ, त्यस्तै प्रतिक्रिया सिक्किममा पनि पाउने विश्वास लिएका छौँ ।’ कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ । कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ । तिहारपछि ब्यान्डले फेरि मुलुकका चार साना तथा मझौला सहरको साङ्गीतिक यात्रा गर्नेछ । त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको यात्रा गर्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
ताजा खबरJust now

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका क्षेत्रबाट थप १५ जनाको शव बरामद... ...

रातोपाटी
गुल्मीका फलाम र तामा खानीको अध्ययन गरिने
ताजा खबरJust now

गुल्मीका फलाम र तामा खानीको अध्ययन गरिने

तम्घास(गुल्मी), कात्तिक ९ गते । विकासमा गुल्मी मोडल र यहाँ रहेका फलाम र तामा खानीका बारेमा अध्ययन गरिने भएको छ । विकासमा गुल्मी मोडल र यहाँ रहेका खानीका बारेमा प्रतिनिधि सभा सदस्य... ...

गोरखापत्र
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
ताजा खबरJust now

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आएकी मन्त्री रावलले सोमबार भरतपुर महानगरपालिका–११ गणेशस्थानमा स्थानीयसँग छलफल […] ...

काठमाण्डुपाटी
खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू
ताजा खबरJust now

खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू

काठमाडौँ। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play