Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउँदै सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने बताए। सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने उनको भनाइ थियो। हालै सरकारले जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ का केही प्रावधान सकारात्मक भए पनि त्यसले निजी क्षेत्र र निर्माण व्यवसायीलाई थप चुनौती सिर्जना गरेको पाण्डेले बताए। “निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ अर्थात् दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ। एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम रहेको छ,” उनले भने। पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई थप आर्थिक भार पर्ने पाण्डेले बताए। यस्तो व्यवस्था लागू गर्नुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक रहेको उनको भनाइ थियो। सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले उक्त रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन
Latest NewsJust now

इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन

काठमाडौं। विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा उक्त निवेदन दर्ता गराएकी हुन्। सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। निवेदनमा उल्लेख भएअनुसार विमानस्थलको अन्तिम सुरक्षा जाँच स्थलमा पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिई दुईवटा मोबाइल फोन खोसेको थियो। त्यसपछि ...

नेपालन्युज
नापीको सरुवा यसपटक पनि विवाद
Latest NewsJust now

नापीको सरुवा यसपटक पनि विवाद

काठमाडौँ । यसअघि विवादमा परेर फिर्ता भएको नापी कर्मचारीको सरुवा अहिले पनि विवादमुक्त हुन सकेन । आर्थिक लेनदेनका आधारमा... ...

सिंहदरबार न्युज
राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की
Latest NewsJust now

राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको विषयले प्रदेशको राजनीति मात्रै गर्माएको छैन, एमाले र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पनि छलफल भएको छ... ...

रातोपाटी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई १६ किलो गाँजासहित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement