Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटाको जीवनरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। शुक्रबार उनकी पत्नी कविता पाण्डेले आयोगमा उक्त निवेदन दर्ता गराएकी हुन्। सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। निवेदनमा उल्लेख भएअनुसार विमानस्थलको अन्तिम सुरक्षा जाँच स्थलमा पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिई दुईवटा मोबाइल फोन खोसेको थियो। त्यसपछि उनलाई गाडीमा राखेर आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगिएको थियो। दुई दिनसम्म अज्ञात स्थलमा राखिएका सापकोटाले सोधपुछका क्रममा आफूलाई धम्की दिइएको आरोप लगाएका छन्। उनले निवेदनमा लेखेका छन्, ‘सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्रै हैन, मेरो परिवारलाई समेत नराम्रो हुन्छ भनी धम्की दिइयो।’ सापकोटाले आफ्नो गोपनीयताको हक हनन भएको दाबी गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न र आफू तथा आफ्नो परिवारको जिउ ज्यानको सुरक्षाका लागि आयोगसँग माग गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे
Latest NewsJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक र योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुपर्छ : महासंघ उपाध्यक्ष पाण्डे

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउँदै सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने बताए। सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको ...

लुम्बिनी सञ्चार
नापीको सरुवा यसपटक पनि विवाद
Latest NewsJust now

नापीको सरुवा यसपटक पनि विवाद

काठमाडौँ । यसअघि विवादमा परेर फिर्ता भएको नापी कर्मचारीको सरुवा अहिले पनि विवादमुक्त हुन सकेन । आर्थिक लेनदेनका आधारमा... ...

सिंहदरबार न्युज
राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की
Latest NewsJust now

राजीनामाको विषयले दिक्क छन् मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामाको विषयले प्रदेशको राजनीति मात्रै गर्माएको छैन, एमाले र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच पनि छलफल भएको छ... ...

रातोपाटी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई १६ किलो गाँजासहित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement