Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना मसान्तसम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व ३० खर्ब नौ अर्ब ११ करोड पुगेको जनाएको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उक्त कार्यालयले सार्वजनिक ऋणको लागत र वित्तीय जोखिम कम गर्दै ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्दै आएको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको उनले जानकारी दिए । सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ । यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ । The post सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि
Latest NewsJust now

कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको छ । यद्यपि जलवायु वित्त, अनुकूलन, हानि तथा... ...

रातोपाटी
शेख हसिना फिर्ताका लागि भारतको सर्तमा बंगलादेशको यस्तो जवाफ
Latest NewsJust now

शेख हसिना फिर्ताका लागि भारतको सर्तमा बंगलादेशको यस्तो जवाफ

बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबेदले भारत र बंगलादेश सरकारबिच शेख हसिनाका विषयमा कुनै पनि सर्तमा कुराकानी नभएको बताएकी छन्। उनले विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफमा उक्त अभिव्यक्ति दिएकी हुन्। हालै बीबीसी बंगलादेशमा प्रकाशित रिपोर्टमा भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै शेख हसिना फिर्ता पठाउन भारतले दुई सर्... ...

नेपालखबर
रसियामा प्रचण्डको सम्बोधन- कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन्
Latest NewsJust now

रसियामा प्रचण्डको सम्बोधन- कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूगोल भूराजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभएर सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्नेमा जोड दिएका छन्। रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको बताउँदै ... ...

नेपालखबर
कांग्रेसले मङ्सिर १ देखि ‘हामी तयार छौँ’ अभियान चलाउने
Latest NewsJust now

कांग्रेसले मङ्सिर १ देखि ‘हामी तयार छौँ’ अभियान चलाउने

पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने जानकारी दिएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, स्पष्ट विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागिएको बताए। पार्टीका कमीकमजोरी सुधार गर्दै सशक्त रूपमा प्रस्तुत हुन र सकारात्मक प्रतिपक्षको भूमिकाका लागि योजना बनाउन अभियान केन्द्रित ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play