Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी
Photo / Coverage: टेक्नोलोजी खबर

भारतीय सेमिकन्डक्टर स्टार्टअप भारत सेमीले कृत्रिम बुद्धिमतामा आधारित इमेज सेन्सर विकास गर्न २४ मिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी जुटाएको छ। कम्पनीले अमेरिका र अन्य देशका ग्राहकलाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ। करिब पाँच वर्ष पुरानो यो स्टार्टअपले अहिलेसम्म आम्दानी सुरु नगरे पनि अमेरिकी रक्षा प्रविधि कम्पनी जनरल एटोमिक्स र भारतको केन्स सेमिकनसँग उत्पादन डिजाइनसम्बन्धी सम्झौता हासिल गरेको जनाएको छ। यद्यपि, कम्पनीका इमेज सेन्सर अझै विकासकै चरणमा छन्। स्टार्टअपले सन् २०२७ मा प्रारम्भिक व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। भारतले घरेलु सेमिकन्डक्टर उद्योग विकास गर्न अर्बौं डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकी कम्पनीहरूले चीनबाहिर आपूर्ति शृंखला विस्तार गर्न खोजिरहेका बेला भारतले वैकल्पिक उत्पादन केन्द्रका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। तर भारत अझै प्रमुख चिप उत्पादन केन्द्रका रूपमा स्थापित हुन सकेको छैन। यसैबीच, कृत्रिम बुद्धिमताको बढ्दो प्रयोगले भारत सेमीजस्ता स्टार्टअपलाई विश्व बजारका लागि विशेष प्रकारका चिप विकास गर्ने अवसर दिएको छ। नयाँ दिल्लीस्थित यो स्टार्टअपले एउटै चिपमा तस्बिर खिच्ने, प्रशोधन गर्ने र कृत्रिम बुद्धिमतासम्बन्धी क्षमता समेटिएका प्रोग्राम गर्न मिल्ने इमेज सेन्सर विकास गरिरहेको छ। यसले दृश्यसम्बन्धी तथ्यांकलाई छुट्टै प्रोसेसरमा पठाउनुपर्ने आवश्यकता घटाउँछ। कम्पनीकी सहसंस्थापक वृन्दा कपुरका अनुसार परम्परागत प्रणालीमा छुट्टाछुट्टै इमेज सेन्सर, इमेज सिग्नल प्रोसेसर र सिस्टम अन चिप प्रयोग गर्नुपर्ने हुन्छ। तर कम्पनीको प्रविधिले त्यस्तो प्रणालीको तुलनामा लागत कम्तीमा ७० प्रतिशत घटाउन सक्छ। “हाम्रो उद्देश्य सेन्सरबाट अघि बढेर सूचना बुझ्ने र त्यसअनुसार काम गर्न सक्ने समाधान विकास गर्नु हो,” कपुरले टेकक्रन्चसँगको अन्तर्वार्तामा भनिन्। टेकक्रञ्चका अनुसार यसअघि स्वास्थ्य प्रविधि क्षेत्रमा काम गरेकी र साउथ पार्क कमन्सकी फेलोसमेत रहेकी कपुरले सन् २०२१ को अन्त्यतिर विनायक डाल्मियासँग मिलेर भारत सेमी स्थापना गरेकी थिइन्। डाल्मिया कम्पनीका प्रबन्ध निर्देशक हुन्। उनले यसअघि म्याकिन्से र निजी इक्विटी क्षेत्रमा काम गरेका थिए। कम्पनीका प्रमुख प्रविधि अधिकृत बोयड फाउलर यसअघि इमेज सेन्सर निर्माता कम्पनी ओम्नीभिजनमा पनि सोही पदमा कार्यरत थिए। भारत सेमीले स्मार्ट होम, औद्योगिक स्वचालन, निगरानी प्रणाली र एयरोस्पेस क्षेत्रलाई लक्षित गरेको छ। कपुरले विस्तृत विवरण नदिए पनि कम्पनीको प्रविधिबाट कोठा खाली हुँदा आफैँ बन्द हुने वा तापक्रम समायोजन गर्ने एयर कन्डिसनर तथा महँगा कम्प्युटिङ उपकरणबिना नै दृश्यसम्बन्धी जानकारी प्रशोधन गर्न सक्ने ड्रोन विकास गर्न सकिने बताइन्। कपुरका अनुसार कम्पनीका पहिलो पुस्ताका सेन्सर अहिले प्रोटोटाइप चरणमा छन्। अझ उन्नत कृत्रिम बुद्धिमता क्षमता समावेश गरिने दोस्रो पुस्ताका सेन्सर सन् २०२७ को मध्यसम्म प्रोटोटाइप चरणमा पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०२७ को अन्त्यसम्म ती नयाँ सेन्सर ग्राहकलाई उपलब्ध गराउने योजना बनाएको छ। कम्पनीले जुटाएको सबै लगानी इक्विटीका रूपमा रहेको छ। इन्फो एज ग्रुप, साउथ पार्क कमन्स र इन्डस ब्रिज भेन्चर्सले लगानीको नेतृत्व गरेका छन्। भालोर क्यापिटल, माइक्रोम्याक्स, गेइङ्गल्स तथा व्यक्तिगत लगानीकर्ताले पनि सहभागिता जनाएका छन्। कपुरका अनुसार कम्पनीले प्राप्त लगानी इन्जिनियरिङ टोली विस्तार गर्न, उत्पादन विकास पूरा गर्न र सेन्सर बजारमा ल्याउन प्रयोग गर्नेछ। भारत सेमीमा भारत र अमेरिकामा गरी करिब ७५ जना कर्मचारी छन्। त्यसमध्ये १० देखि १२ जना अमेरिकामा कार्यरत छन्। अमेरिकाको सान्टा क्लारास्थित कार्यालयमा इन्जिनियरिङ र व्यावसायिक विकाससम्बन्धी काम हुँदै आएको छ। कपुरका अनुसार कम्पनीले सन् २०२७ को मध्यसम्म अमेरिकामा कर्मचारी संख्या बढाएर करिब २० पुर्‍याउने योजना बनाएको छ। कम्पनीले युरोपमा पनि इन्जिनियर भर्ना गर्न थालेको छ। “भारतबाटै विश्वव्यापी प्रविधि कम्पनी निर्माण गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो,” कपुरले भनिन्। सन् २०२४ मा भारत सेमीले अमेरिकी स्पेस फोर्ससँग प्रविधि साझेदारी गर्दै भारतमा सेमिकन्डक्टर उत्पादन केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो। कपुरका अनुसार उक्त योजना अझै विकासकै चरणमा छ। कम्पनीले उत्पादन केन्द्र निर्माण र सञ्चालन गर्न सक्ने भारतीय साझेदार पहिचान गर्ने काम गरिरहेको छ। तर उक्त परियोजना भारत सेमीको इमेज सेन्सर व्यवसायभन्दा अलग रहेको कपुरले स्पष्ट पारिन्। कम्पनीले आफ्नै चिप उत्पादन कारखाना नखोली चिप उत्पादनको काम बाहिरी कम्पनीलाई दिने र सेमिकन्डक्टर डिजाइन तथा सफ्टवेयर विकासमा केन्द्रित रहने योजना बनाएको छ। हालै जुटाइएको नयाँ लगानी प्रस्तावित उत्पादन केन्द्र निर्माणमा खर्च गरिने छैन। The post भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट
TechnologyJust now

यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट

युनाइटेड लन्च एलायन्स (यूएलए) को नयाँ शक्तिशाली भल्कन रकेट अन्तरिक्षतर्फ उड्ने क्रममा असफल हुँदा त्यसमा राखिएका अमेजन लियोका ४० वटा इन्टरनेट स्याटेलाइट नष्ट भएका छन्। कम्पनीको नयाँ रकेटको उडानमा देखिएको यो ठूलो समस्या हो। यूएलए आफ्नो भरपर्दो एटलस भी रकेटका लागि परिचित छ। तर कम्पनीको नयाँ रकेट भल्कनको सुरुवाती उडान भने अपेक्षाअनुसार हुन सकेको छैन। आइतबार प्रक्षेपण गरिएको रकेट उडानको १० ...

टेक्नोलोजी खबर
एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख
TechnologyJust now

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि ...

आइसिटी समाचार
एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
TechnologyJust now

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्। उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्। अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो। बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, ...

टेक्नोलोजी खबर
डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
TechnologyJust now

डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।आयोजकका अनुसार तालिम कर्णाली ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play