Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट

सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट

काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँको योजना अघि बढाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका १०९ विद्यालयलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको योजनाअन्तर्गत पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार पहिलो चरणमा छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। मन्त्री पोखरेलले नयाँ पूर्वाधारले विद्यार्थीको सिकाइ वातावरणलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । प्रदेशगत विवरणअनुसार मधेश प्रदेशका ३३, लुम्बिनीका २१ र कोशीका १८ विद्यालय छनोट भएका छन्। त्यस्तै, गण्डकी र सुदूरपश्चिमका ६–६, कर्णालीका तीन र बागमतीका दुई विद्यालय सूचीमा छन्। मधेश प्रदेशका विद्यालयमा पूर्वाधारको अभाव हटाउँदै पठनपाठनको वातावरण सुधार गर्न प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशमा रुपन्देहीका आठ र दाङका छ विद्यालय छन् भने कोशी प्रदेशमा झापा र मोरङका छ–छ विद्यालय छनोट भएका छन् । पहिलो चरणमा छनोट भएका विद्यालयको प्रदेशगत तथा जिल्लागत सूची यसप्रकार छ । कोशी प्रदेशका १८ विद्यालय १. त्रियुगा नमुना माध्यमिक विद्यालय — त्रियुगा नगरपालिका, उदयपुर २. त्रिवेणी माध्यमिक विद्यालय — कटारी नगरपालिका, उदयपुर ३. धुलाबारी माध्यमिक विद्यालय — मेचीनगर नगरपालिका, झापा ४. हिमालय माध्यमिक विद्यालय — दमक नगरपालिका, झापा ५. देवी माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा ६. महेन्द्र रत्न माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा ७. कन्काई माध्यमिक विद्यालय — कन्काई नगरपालिका, झापा ८. मोहनमाया माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा ९. भानु माध्यमिक विद्यालय — फुङ्लिङ नगरपालिका, ताप्लेजुङ १०. फिदिम माध्यमिक विद्यालय — फिदिम नगरपालिका, पाँचथर ११. साजीलाल माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ १२. राधिका माध्यमिक विद्यालय — उर्लाबारी नगरपालिका, मोरङ १३. पञ्चायत माध्यमिक विद्यालय — पथरीशनिश्चरे नगरपालिका, मोरङ १४. सुकुना माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ १५. पोखरिया माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ १७. आदर्श माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ १८. जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय — बराहक्षेत्र नगरपालिका, सुनसरी १९. पब्लिक हाई स्कुल — धरान उपमहानगरपालिका, सुनसरी मधेश प्रदेशका ३३ विद्यालय १. शंकट मोचन देवशरण माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा २. जनता मोडेल माध्यमिक विद्यालय — विदेह नगरपालिका, धनुषा ३. विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय — मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा ४. गोगल प्रसाद नमुना माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा ५. याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा ६. नरसिंह माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा ७. त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा ८. जिल्ला उचाङ्गाल रामदेव–कलवार माध्यमिक विद्यालय — पोखरिया नगरपालिका, पर्सा ९. माइस्थान विद्यापिठ माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा १०. नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय — जितपुर सिमरा उपमहानगरपालिका, बारा ११. दुर्गा माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा १२. गौरीशंकर माध्यमिक विद्यालय — निजगढ नगरपालिका, बारा १३. गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय — महागढीमाई नगरपालिका, बारा १४. श्री ३ चन्द्र माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा १६. भेरुखी माध्यमिक विद्यालय — लोहरपट्टी नगरपालिका, महोत्तरी १७. राष्ट्रिय माध्यमिक विद्यालय — साम्सी गाउँपालिका, महोत्तरी १७. महेन्द्र रा माध्यमिक विद्यालय — रामगोपालपुर नगरपालिका, महोत्तरी १८. सरस्वती माध्यमिक विद्यालय — गढीमाई नगरपालिका, रौतहट १९. कटहरिया माध्यमिक विद्यालय — कटहरिया नगरपालिका, रौतहट २०. जनता माध्यमिक विद्यालय सोनरनिया — मौलापुर नगरपालिका, रौतहट २१. जुद्द माध्यमिक विद्यालय — गौर नगरपालिका, रौतहट २२. नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय — राजदेवी नगरपालिका, रौतहट २३. रामचन्द्र माध्यमिक विद्यालय — गरुडा नगरपालिका, रौतहट २४. नमुना माध्यमिक विद्यालय वरगजवा — वृन्दावन नगरपालिका, रौतहट २५. जनज्योति माध्यमिक विद्यालय — चन्द्रपुर नगरपालिका, रौतहट २६. जय किसन माध्यमिक विद्यालय — देवाही गोनाही गाउँपालिका, रौतहट २७. माध्यमिक विद्यालय पथरा बुधराम — मौलापुर नगरपालिका, रौतहट २८. सरस्वती माध्यमिक विद्यालय — दुर्गा भगवती गाउँपालिका, रौतहट २९. नारायण माध्यमिक विद्यालय — ईश्वरपुर नगरपालिका, सर्लाही ३०. जनज्योती माध्यमिक विद्यालय — लालबन्दी नगरपालिका, सर्लाही ३१. बेनीभोला मोडेल माध्यमिक विद्यालय — गोडैता नगरपालिका, सर्लाही ३२. मोहन माध्यमिक विद्यालय — मिर्चैया नगरपालिका, सिरहा ३३. चन्द्र माध्यमिक विद्यालय — सिरहा नगरपालिका, सिरहा बागमती प्रदेशका २ विद्यालय १. गान्धी माध्यमिक विद्यालय — कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँ २. नारायणी नमुना माध्यमिक विद्यालय — भरतपुर महानगरपालिका, चितवन गण्डकी प्रदेशका ६ विद्यालय १. अमरसिंह माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की २. कालिका माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की ३. छोरेपाटन माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की ४. जनक माध्यमिक विद्यालय — गैँडाकोट नगरपालिका, नवलपरासी पूर्व ५. भीमसेन आदर्श माध्यमिक विद्यालय — देवचुली नगरपालिका, नवलपरासी पूर्व ६. सत्यवती माध्यमिक विद्यालय — व्यास नगरपालिका, तनहुँ लुम्बिनी प्रदेशका २१ विद्यालय १. नेपाल आदर्श माध्यमिक विद्यालय — शिवराज नगरपालिका, कपिलवस्तु २. जनता माध्यमिक विद्यालय — बाणगङ्गा नगरपालिका, कपिलवस्तु ३. पद्मोदय पब्लिक माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ ४. माध्यमिक विद्यालय रजेना — घोराही उपमहानगरपालिका, दाङ ५. माध्यमिक विद्यालय तुलसीपुर सेन्टर — तुलसीपुर उपमहानगरपालिका, दाङ ६. सिद्ध रत्न माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ ७. गुरु जजुर माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ ८. बाल विकास माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ ९. रामतुलसी माध्यमिक विद्यालय — रामपुर नगरपालिका, पाल्पा १०. त्रिभुवन माध्यमिक विद्यालय — कोहलपुर नगरपालिका, बाँके ११. धम्बोझी माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके १२. मङ्गलप्रसाद माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके १३. कालिका मानव ज्ञान माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही १४. नवीन औद्योगिक रिता माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही १५. शान्ति नमुना माध्यमिक विद्यालय — तिलोत्तमा नगरपालिका, रुपन्देही १६. कान्ति भैरम माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही १७. पब्लिक माध्यमिक विद्यालय — सियारी गाउँपालिका, रुपन्देही १८. रामापुर माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही १९. सैनामैना माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही २०. रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय — सिद्धार्थनगर नगरपालिका, रुपन्देही २१. बालकल्याण माध्यमिक विद्यालय — रोल्पा नगरपालिका, रोल्पा कर्णाली प्रदेशका ३ विद्यालय १. चन्दननाथ माध्यमिक विद्यालय — चन्दननाथ नगरपालिका, जुम्ला २. अमरज्योति माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत ३. जन माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत सुदूरपश्चिम प्रदेशका ६ विद्यालय १. महेन्द्रनगर माध्यमिक विद्यालय — भीमदत्त नगरपालिका, कञ्चनपुर २. त्रिनगर माध्यमिक विद्यालय — धनगढी उपमहानगरपालिका, कैलाली ३. दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय — गोदावरी नगरपालिका, कैलाली ४. कर्णाली माध्यमिक विद्यालय — टीकापुर नगरपालिका, कैलाली ५. महेन्द्र मोडल माध्यमिक विद्यालय — महाकाली नगरपालिका, दार्चुला ६. मालिका माध्यमिक विद्यालय — बडीमालिका नगरपालिका, बाजुरा The post सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
ताजा खबरJust now

चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि ...

केन्द्रबिन्दु
तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस
ताजा खबरJust now

तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस

काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई लिएर गम्भीर प्रश्न उब्जिएको छ । चीन... ...

रातोपाटी
कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
ताजा खबरJust now

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी। प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ। यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो। कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्‍याएको ...

नेपालन्युज
प्राणको आधार अन्न
ताजा खबरJust now

प्राणको आधार अन्न

ढुङ्गेयुग हुँदै कृषि र पशुपालनतर्फ फड्को मारेको मानिसले पारिवारिक तथा सामाजिक जीवन अपनायो । यसै क्रममा खाद्यान्न उत्पादन र सुरक्षाका लागि उसले गँड्यौला तथा मौरी जस्ता प्रकृति र कृष... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play