Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

तनहुँ।जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ। कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो। डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनमा रुद्राक्ष, आँप, लिची, एभोकाडो, कटहर, चाँप, तेजपातलगायत प्रजातिका बिरुवा रोपिएका छन्। उक्त कार्यक्रमले वन संरक्षणसँगै फलफूल उत्पादन, आयआर्जन र वन क्षेत्रको बहुउपयोगलाई जोड्ने लक्ष्य राखेको उनले बताए। कार्यालयले खोरादी, भोर्ले फूलबारी, मालागिरी र सानो देउराली सामुदायिक वनमा वृक्षरोपण गरेको छ। यी चार सामुदायिक वनमा मात्रै कुल साढे पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। खोरादी सामुदायिक वनमा एक हेक्टर क्षेत्रफलमा ६२५ वटा रुद्राक्षका बिरुवा रोपिएका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रुद्राक्षको खेतीलाई वन क्षेत्रसँग जोडेर प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो। त्यस्तै, मालागिरी सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० वटा रुद्राक्षका बिरुवा रोपिएका छन्। रुद्राक्षका बिरुवाले भविष्यमा उत्पादन दिन थालेपछि सामुदायिक वनको उपयोगिता बढ्नुका साथै स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको रानाभाटले बताउनुभयो । भोर्ले फूलबारी सामुदायिक वनको एक हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन् । उक्त वनमा १०० कटहर, १४० वटा लिची र १८५ वटा एभोकाडोका बिरुवा रोपिएको छ। फलफूलका प्रजाति छनोट गरेर गरिएको वृक्षरोपणले वन क्षेत्रको उपयोग बढाउनुका साथै भविष्यमा फलफूल उत्पादन र स्थानीय आयआर्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सानो देउराली सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका एक हजार ६६६ वटा बिरुवा रोपिएका छन्। उक्त क्षेत्रमा ५०० चाप, ३०० तेजपात, २५० आँप, २५० लिची, ६६ एभोकाडो, १०० बडहर र २०० रुद्राक्षका बिरुवा रोपिएको छ। एउटै सामुदायिक वनमा काठ, फलफूल तथा अन्य बहुउपयोगी प्रजातिका बिरुवा रोपेर वनको विविधता बढाउने प्रयास गरिएको छ। रानीवन सामुदायिक वनलाई १२० वटा आँप, १२० वटा लिची र १२० वटा एभोकाडोका बिरुवा उपलब्ध गराइएको छ। त्यस्तै, मधुवन सामुदायिक वनलाई २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवा वितरण गरिएको छ। शेरा सामुदायिक वनलाई २०० आँप र २०० लिचीका बिरुवा वितरण गरिएको छ । छपेली सामुदायिक वनलाई २० आँप, २० लिची, ५० एभोकाडो र २०० वटा मेकाडेनियाका बिरुवा उपलब्ध गराइएको छ । यसैगरी, सालडाँडा धुसेनी वनलाई १० आँप, १२० एभोकाडो, १०० रुद्राक्ष, ५० मेकाडेनिया र २० वटा बोधिचित्तका बिरुवा वितरण गरिएको छ । सामुदायिक वनमार्फत विभिन्न प्रजातिका बिरुवा रोपण र वितरण गर्ने कार्यक्रमले वन उपभोक्ता समूहलाई वन क्षेत्रको उत्पादनमूलक उपयोगतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सुनसरी रामधुनी नगरपालिकामा लेखा अधिकृतको सरुवा विवाद
ताजा खबरJust now

सुनसरी रामधुनी नगरपालिकामा लेखा अधिकृतको सरुवा विवाद

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका लेखा अधिकृत (अधिकृतस्तर आठौँ तह) विरेन्द्र सिग्देललाई गैरकानुनी रूपमा सरुवा गर्ने सिफारिस गरिएपछि नगरपालिकाभित्र विवाद चुलिएको छ । नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सिग्देललाई सरुवा... ...

रातोपाटी
तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान
ताजा खबरJust now

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भएमा फूल बिग्रिने जोखिमसमेत रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कार्यलाई तीव्रता दिएका छन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी ...

केन्द्रबिन्दु
बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (फाेटाे फिचर)
ताजा खबरJust now

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (फाेटाे फिचर)

• बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन् र २७ परिवार अस्थायी टेन्टमा बसिरहेका छन्। • नेपाल रेडक्रस सोसाइटीले टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारलाई राहत र खानपानको व्यवस्था गरिएको छ, तर दीर्घकालीन पुनःस्थापना चुनौतीपूर्ण रहेको छ। • स्थानीय सरकारले वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्नका लागि प्रतिपरिवार मासिक १५ ...

नेपालबहस
४ महिनापछि खुल्यो एन्फाको ताला, वरिष्ठ उपाध्यक्षसहितको छलफलले १३ गते बोलायो कार्यसमिति बैठक
ताजा खबरJust now

४ महिनापछि खुल्यो एन्फाको ताला, वरिष्ठ उपाध्यक्षसहितको छलफलले १३ गते बोलायो कार्यसमिति बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)को ललितपुरस्थित सातदोबाटोमा रहेको कार्यालयको ताला ४ महिनापछि खोलिएको छ।  एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला खोलेका हुन्।  कार्यालय खोलेसँगै उनकै नेतृत्वमा छलफल भएको थियो। छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play