तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भएमा फूल बिग्रिने जोखिमसमेत रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कार्यलाई तीव्रता दिएका छन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी रहँदा फूल सुरक्षित राख्नुपर्ने बाध्यता भएको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालले बताए । “तीन–तीन दिनमा फूल टिपिन्छ”, रिजालले भने, “टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्याउन थालेका छौँ ।” फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको उनले बताए । “फूलका लागि अलग्गै कोल्डस्टोर हुन्छ, तर झापामा त्यो सुविधा छैन”, उनले भने, “जे जस्तो भए पनि यहाँ उपलब्ध स्टोरमै फूल सुरक्षित राख्न बाध्य छौँ ।” अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताए । पानी परे फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले टिपेर माला उन्दै कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए । झापामा यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् । स्वदेशी फूलको बजार संरक्षणको माग यसैबीच फूल सुरक्षित राख्ने चुनौतीसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने अवस्था आउन सक्ने किसानको गुनासो छ । बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ । किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
.jpeg)
चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
हैदराबाद, कात्तिक ११ गते । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्... ...
_uEGjb7hZDc.jpg)
एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा लगाइएको ताला खुलेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । ... ...

भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग
बुधबार बसेको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरेका हुन् । ...

विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक
काठमाडाैँ । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ । तर प्रारम्भिक पुनःस्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक ...


