Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सात महिनामा विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो

सात महिनामा विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो

10/20/2026, 6:06:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सात महिनामा विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो

चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको अकालमा ज्यान गएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । सो अवधिमा सर्पदंशबाट मात्रै ११० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन् । वर्षायाम र तराई तथा पहाडी भेगमा सर्पको टोकाइ विपद्को सबैभन्दा घातक कारण बनेको छ । वैशाख १ देखि कार्तिक ३ सम्म देशभर १ हजार ६ सय २२ वटा सर्पदंशका घटना दर्ता भएका छन्, जसमा ११० जनाको ज्यान गएको छ । यसबाट १ हजार ५ सय २५ जना घाइते भएका छन् भने १ हजार ६ सय २७ परिवार प्रभावित बनेका छन् । घाइतेहरूको संख्या हेर्दा पनि विपद्का कुल घाइते (२,४३३) मध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशकै घाइते रहेका छन्, जसले प्राथमिक उपचार र एन्टिस्नेक भेनमको उपलब्धतामा थप गम्भीर ध्यानाकर्षण गराएको छ । विपद्मा दोस्रो ठूलो मानवीय क्षति पहिरोका कारण भएको छ । यस अवधिमा १ हजार ७ सय ९ स्थानमा पहिरो जाँदा ७६ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् र ७५ जना घाइते भएका छन् । पहिरोले १ हजार ४ सय २६ परिवारलाई घरबारविहीन वा प्रभावित बनाएको छ । त्यस्तै, ४६० ठाउँमा आएको बाढीका कारण ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् । बाढीबाट १ हजार ३ सय ४८ परिवार प्रभावित बनेका छन् । बाढी र पहिरोमा गरी १४ जना नागरिक बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जोखिम छ ।अर्कोतर्फ, चट्याङका ३३३ वटा घटनामा ३६ जनाको ज्यान गएको छ भने २०४ जना घाइते भएका छन् र ४०३ परिवार प्रभावित बनेका छन् । तथ्यांक अनुसार देशभर १ हजार ५ सय ७ स्थानमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते र १ हजार ६ सय ३९ परिवार प्रभावित भएका छन् । हिमाली तथा उच्च पहाडी भेगमा लेक लाग्नेका ७२ वटा घटनामा २६ जनाले ज्यान गुमाएका छन् भने ४८ जना घाइते भएका छन् । यस्तै, मानव–वन्यजन्तु द्वन्द्वका कारण ३९८ वटा जनावर आक्रमणका घटना भएका छन्, जसमा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् । ६ वटा हिउँ पहिरोका घटनामा १९ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु र १ हजार ४ सय ९५ परिवार प्रभावित भएका छन् भने भारी वर्षाका ५८४ घटनामा ७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको ताजा अवस्था प्राधिकरणकाअनुसार कार्तिक २ गते बिहान १० बजेदेखि कार्तिक ३ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २१ जिल्लामा २४ वटा विपद्का घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीका १८ वटा घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । त्यस्तै ५ जिल्लामा ५ वटा सर्पदंशका घटना हुँदा ९ जना घाइते भएका छन् भने १ वटा जनावर आक्रमणमा १ जना घाइते भएका छन् । २४ घण्टाको अवधिमा कुल १ जनाको मृत्यु र ११ जना घाइते भएका छन्। यस अवधिमा १८ लाख २ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति हुनुका साथै १६ चौपायाको क्षति भएको छ । राहत र उद्धारका लागि १४१ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ । वैशाख १ देखि कार्तिक ३ सम्म घटेका कुल ७ हजार ४ सय ३९ विपद्का घटनामा ३८६ जनाको मृत्यु, १४ जना बेपत्ता, २ हजार ४ सय ३३ जना घाइते र ९ हजार ५ सय २५ परिवार प्रभावित भएका छन् । प्राधिकरणले मौसम परिवर्तन, सुक्खा मौसमको शुरुवात र हिउँद नजिकिँदै गर्दा आगलागी र चिसोका सम्भावित जोखिमप्रति सतर्क रहन र विपद् सम्बन्धी पूर्वसूचनाका लागि आधिकारिक माध्यमहरू फलो गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
OthersJust now

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

अनलाइन खबर
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
OthersJust now

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा ...

पर्दाफास
दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
OthersJust now

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

पर्दाफास
झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
OthersJust now

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play