रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्यत्र सबै ठाउँ सुरक्षित र सहज भएकाले भ्रमण गर्न सकिने बताएको छ । दुवै संस्थाका तर्फबाट बिनाहिच्किचावट घुमफिर गर्न अनुरोध छ । यसअघि जस्तै सबैखालको सुविधा दिन तयार छौँ भनिएको छ । नागरिक समाजका अध्यक्ष तामङले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध गरेका छन् । यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै रूट पूर्ण रूपमा सुरक्षित रहेकाले भ्रमणमा रमाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेहरूलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न आग्रह गरेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छी हँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको, स्याफ्रुबेँसीमा फड्को पुल बनेको र बेलिब्रिज जडान गर्ने तयारी रहेको जानकारी दिए । उनले यातायात सञ्चालन आएको, होटल व्यवसाय पनि सञ्चालन हुन थालेको तथा शान्तिसुरक्षाको अवस्था मजबुत बनाइकाले यात्रा गर्न असहज नहुने बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...


