Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

साढे ५ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
साढे ५ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रहरीले लागुऔषध सेतो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र पुनेका ५२ वर्षीय रिवाराज तिघरे रहेका छन्। तिघरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट शनिबार पक्राउ गरिएको लागुऔषध नियषन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मका अनुसार तिघरे थाइल्याण्डबाट नेपाल आएका हुन्। उनको साथबाट ५.५ किलोग्राम सेतो हिरोइन बरामद भएको रेग्मीले बताए। तिघरेले झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा सेतो हिरोइन लुकाएर ल्याएका थिए। प्रहरीका अनुसार बरामद लागुऔषध प्रतिग्राम ४० हजार रुपैयाँ बिक्री मूल्य रहेको छ। यस हिसाबले ५।५ किलोग्रामको बजार मूल्य २२ करोड रुपैयाँ हुन आउँछ। तिघरेले उक्त हिरोइन भारतीय बजारमा पुर्‍याउने गरेका थिए। तिघरे पक्राउ पर्नु भन्दाअघि दुई पटक नेपाल आएको र नेपालबाट हवाई र स्थलमार्गबाट हुँदै भारतसम्म पुगेको देखिएको छ। उनले यसअघि जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको भ्रमण गरिसकेका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार बरामद हिरोइनमाथि कारबाही गर्दा कसुर ठहर भए १५ देखि जन्मकैद र ५ देखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी
Latest NewsJust now

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्। ...

कान्तिपुर
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता
Latest NewsJust now

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ ओटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका ...

टक्सार
छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम
Latest NewsJust now

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा... ...

नेपालखबर
विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास
Latest NewsJust now

विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास

म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play