Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता
Photo / Coverage: टक्सार

काठमाडौँ । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ ओटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेश गरेको उनको सचिवालयले जनाएको छ । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जि-२० समूहको अध्यक्षता गर्नलागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिवद्धता प्राप्त भएको मअर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै सम्मेलनमा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँचजना प्रभावशाली जलवायु दूतहरूको छलफलसमेत भएको छ । बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्र संघीय महासचिवका दुत सेल्विन हार्टसँग छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ । हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्री वाग्लेले छलफल गर्नुका साथै जेनेभास्थित विश्व मौसम–विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धि कार्यक्रमलाई विशेष सम्वोधन गरेका थिए । जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्री वाग्लेले भेट गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी
Latest NewsJust now

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्। ...

कान्तिपुर
छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम
Latest NewsJust now

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा, यस्ता छन् अन्य कार्यक्रम

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा... ...

नेपालखबर
विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास
Latest NewsJust now

विश्वकप विजेता स्पेनसँग इंग्ल्यान्डको परीक्षा : कस्तो रहला टुचेलको रणनीति र टिमको आत्मविश्वास

म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित... ...

रातोपाटी
एमाले र नेकपाले जसपालाई मधेस सरकारको नेतृत्व दिन्छन् : मनिष सुमन
Latest NewsJust now

एमाले र नेकपाले जसपालाई मधेस सरकारको नेतृत्व दिन्छन् : मनिष सुमन

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले छठ पर्वपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन्। अब त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी पनि उनले गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसमेत जसपालाई सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन्। शनिबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेस प्रदेश सरकारविहीन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play