साउदीमा ड्रोन आक्रमणको नेपालद्वारा निन्दा, विवादको शान्तिपूर्ण समाधानमा जोड

काठमाडौं, कात्तिक ५ । साउदी अरेबियामा भएको ड्रोन आक्रमणप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेको छ। नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी हुने सबै प्रकारका आक्रमणको भर्त्सना गर्दै विवादको शान्तिपूर्ण समाधानमा जोड दिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको सन्देशमा नेपालले संवाद, वार्ता र कूटनीतिक संलग्नतामार्फत विवाद समाधान गर्न निरन्तर आह्वान गर्दै आएको जनाएको छ। मन्त्रालयले भनेको छ, ‘नेपाल सधैँ संवाद, वार्ता र कूटनीतिक संलग्नतासहितका माध्यमबाट विवादहरूको शान्तिपूर्ण समाधान गर्न निरन्तर आह्वान गर्दछ।’ मन्त्रालयले घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साउदी अरेबियाको सेबा आयल फिल्डमा बुधबार भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको थियाे। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, ड्रोनको भग्नावशेष खस्दा आयल फिल्ड परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगलागी भएको थियो। सोही घटनामा चार कामदार हताहत भएका हुन्। पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन्।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड
मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचारप्रसार गर्न थालेपछि घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाको व्यापार विस्तार भएको छ । धरानको भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । पसलबाट बिक्री गर्ने महिलासँगै घरमै उत्पादन तयार ...

मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यसवर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष दसैँमा उक्त बजारबाट २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । ...


