Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

साइबर ब्यूरोमा उपस्थित भए कांग्रेस सह–महामन्त्री शिवाकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
साइबर ब्यूरोमा उपस्थित भए कांग्रेस सह–महामन्त्री शिवाकोटी
Photo / Coverage: कर्पोरट खबर

नेपाली कांग्रेसका सह–महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालयमा उपस्थित भएका छन्। शिवाकोटीविरुद्ध उजुरी परेपछि साइबर ब्यूरोले उपस्थित हुन ताकेता गरेको थियो। आइतबार दिउँसो शिवाकोटी साइबर ब्यूरो पुगेका हुन्। साइबर ब्यूरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्यूरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए। उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन्द्र शाहनिकट व्यक्तिहरूले कांग्रेस र नेतृत्वमाथि निरन्तर प्रहार गर्दा आफूले त्यसको प्रतिक्रिया दिएको उल्लेख गरे। शिवाकोटीले अहिलेका प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु भन्दा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको रूपमा लिइए पनि, अहिले उनी नै प्रधानमन्त्री भएको बेला उनकै सल्लाहकार र निकटहरूले प्रतिपक्षीको आवाज रोक्न खोजेको बताए। The post साइबर ब्यूरोमा उपस्थित भए कांग्रेस सह–महामन्त्री शिवाकोटी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण
Latest NewsJust now

लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले आईतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिए । निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा […] ...

काठमाण्डुपाटी
डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी
Latest NewsJust now

डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ । ...

कान्तिपुर
यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४।४ ओभरमा सात विकेट ...

केन्द्रबिन्दु
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play