Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बको क्षति, पुनर्निर्माणमा २ खर्ब १८ अर्ब आवश्यक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि मात्रै २ खर्ब १८ अर्ब ५८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीका कारण सार्वजनिक र निजी क्षेत्रमा ८९ अर्ब २६ करोड रुपैयाँ बराबरको हानि र ४३ अर्ब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक क्षेत्रतर्फ मात्रै ८२ अर्ब ७९ करोड रुपैयाँ बराबरको हानि र ५० अर्ब ३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको आयोगको मूल्यांकन छ। बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। क्षति पुगेका आयोजनामध्ये सात निजी क्षेत्रका र सात नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका रहेका छन्। त्यस्तै, ६ वटा सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन तथा विद्युत् पोलमा समेत क्षति पुगेको छ। बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोशी, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, २० मेगावाटको लाङटाङ खोला, १४.१ मेगावाटको देवीघाट, २४ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा क्षति पुगेको थियो। यसैगरी, पाँच मेगावाटको मैलुङ खोला, १५.६२५ मेगावाटको मध्य त्रिशूली गंगा, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी, १४.३ मेगावाटको माथिल्लो मैलुङ तथा २४.३६ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजनासमेत बाढीबाट प्रभावित भएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन मन्त्री श्रेष्ठ केन्द्रीय कमाण्ड सेन्टरमा
Latest NewsJust now

विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन मन्त्री श्रेष्ठ केन्द्रीय कमाण्ड सेन्टरमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वलाई लक्षित गरी विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका तयारीबारे जानकारी लिएका छन्। मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा उनले चाडपर्वमा विद्युत्को माग र आपूर्तिको अवस्था, प्रणाली व्यवस्थापन तथा ...

केन्द्रबिन्दु
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
Latest NewsJust now

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका ...

कर्पोरट खबर
यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित
Latest NewsJust now

यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य […] ...

लोकपथ
हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो
Latest NewsJust now

हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो

हङकङमा सम्पन्न ‘हाइसन आइल्यान्ड हाइक एन्ड रन २०२६’ प्रतियोगितामा हङकङवासी  डिफेन्डिङ च्याम्पियन सन्तोष तामाङ ३ मिनेटपछि पर्दा दोस्रो स्थान सुरक्षित गरेका छन्। उनले २३ किमिको निर्धारित दूरी  २ घण्टा १७ मिनेट ४३ सेकेन्ड मा पूरा गरी दोस्रो बने। हङकङका येङ हो यिन ले ०२:१४:१३ मा पूरा गरी प्रथम बने भने हङकङकै चान चिङ सिङ ले ०२:२१:३९ मा पूरा गरि त... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play