Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४।४ ओभरमा सात विकेट गुमाएर भेट्टायो । युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए । त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सवै विकेट गुमाएर १५३ रन बनायो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे । बलिङतर्फ युएईका लागि नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमान्ड सेन्टरको निरीक्षण
Latest NewsJust now

विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमान्ड सेन्टरको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण... ...

रातोपाटी
२६ वर्षदेखि हराएको छोरो खोज्दै
Latest NewsJust now

२६ वर्षदेखि हराएको छोरो खोज्दै

सन्तोष सुवेदी धनकुटा, कात्तिक २२ गते । धनकुटाको तत्कालीन मुगा गाविस वडा नम्बर ६, साविक पाख्रीबास नगरपालिका–८, स्थित फाङ्दुवा थापा टोल घरभएका ८३ वर्षीय ज्ञानेन्द्रबहादुर थापाले हराए... ...

गोरखापत्र
देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित
Latest NewsJust now

देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो । ...

कान्तिपुर
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा ७ विकेट गुमाएर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play