काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान १–१ विकेट लिए । त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे । बलिङतर्फ युएईका लागि नसीम खानले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर सर्वाधिक ५ विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्ने छ ।
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






