Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाएको छ। गोकर्णेश्वर नगरपालिका–६ स्थित भैरव अर्याल स्मृति भवनको सभाहलमा आयोजित समारोहमा विभिन्न विधाका साहित्यकार तथा सर्जकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो। समारोहका प्रमुख अतिथि प्रा. डा. जयराज आचार्य र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले प्रा. डा. महादेव अवस्थीलाई ‘कल्पतरु–महाकवि देवकोटा प्रज्ञा पुरस्कार’ प्रदान गरे। यस्तै, वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई ‘कल्पतरु सर्वोत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ। यसैगरी, खेमराज पोखरेललाई अन्तर्राष्ट्रिय साहित्य सम्मान र सीता पाण्डेलाई नारी साहित्य सम्मान प्रदान गरिएको छ। कल्पतरु द्वैमासिकमा वर्षभरि प्रकाशित अङ्कमध्ये उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने सर्जक तथा साहित्यकारहरू हरिभक्त सिग्देल, दिलिप अर्याल, विसु कुमार केसी र शारदा देवकोटालाई पनि सम्मान गरिएको छ। पत्रिकामा वर्षभरि प्रकाशित सामग्रीको समीक्षा गरी सिर्जनाको मूल्याङ्कनमा योगदान पुर्‍याउने समीक्षकहरू शशी आचार्य, कालिकाप्रसाद तिमिल्सिना, मेनका आचार्य र बुद्धिराज पाण्डे पनि सम्मानित भएका छन्। कार्यक्रममा प्रा. डा. जयराज आचार्य, प्रा. डा. महादेव अवस्थी, नगरप्रमुख दीपककुमार रिसाल र गोविन्द घिमिरे ‘वेदमणि’ले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दै मन्तव्य व्यक्त गरेका थिए। पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूको परिचयात्मक मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष डा. विदला घिमिरेले प्रस्तुत गरेकी थिइन्। यसैगरी, कल्पतरु द्वैमासिकको २५औँ वर्ष प्रवेशका सन्दर्भमा पत्रिकाका संस्थापक कार्यकारी सम्पादक गोकुल अधिकारीले मन्तव्य राखेका थिए। साहित्यकार देविका तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुमन पुडासैनीले धन्यवाद ज्ञापन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’को सभापतित्वमा सम्पन्न समारोह अध्यक्षको मन्तव्यसहित समापन भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमान्ड सेन्टरको निरीक्षण
Latest NewsJust now

विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमान्ड सेन्टरको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण... ...

रातोपाटी
२६ वर्षदेखि हराएको छोरो खोज्दै
Latest NewsJust now

२६ वर्षदेखि हराएको छोरो खोज्दै

सन्तोष सुवेदी धनकुटा, कात्तिक २२ गते । धनकुटाको तत्कालीन मुगा गाविस वडा नम्बर ६, साविक पाख्रीबास नगरपालिका–८, स्थित फाङ्दुवा थापा टोल घरभएका ८३ वर्षीय ज्ञानेन्द्रबहादुर थापाले हराए... ...

गोरखापत्र
देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित
Latest NewsJust now

देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो । ...

कान्तिपुर
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा ७ विकेट गुमाएर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play