सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ १०औँ द्विपक्षीय समन्वय बैठक प्रारम्भ भएको छ । उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकमा भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतको सहभागिता रहेको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन् । बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीहरुको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भइरहेको समन्वयात्मक प्रयासहरुको समीक्षा हुने सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । दुई दिनसम्म चल्ने द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपद्को जोखिम कम गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता कार्कीले बताए । साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका आपसी समन्वय अभिवृद्धि केन्द्रित गतिविधि सञ्चालन गर्ने बिषयमा समेत छलफल हुनेछ । बैठकमा सीमा सुरक्षालाई थप मजबुत बनाउनका लागि दुवै सङ्गठनबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने, नेपाल–भारत खुला सिमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने तथा सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने विषयमा समेत विचारविमर्श हुनेछ भने सीमा क्षेत्रमा उत्पन्न हुनसक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास, सूचनाको प्रभावकारी आदानप्रदान तथा संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा समेत छलफल हुने प्रवक्ता कार्कीले बताए । द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा
महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी ...

म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय
काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। २०८३... ...

न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी
काठमाडाैँ। नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयाल सम्बन्धमा कात्तिक १२ गते सार्वजनिक भएका समाचारले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण, इजलास गठनको पारदर्शिता तथा न्यायप्रशासनप्रतिको सार्वजनिक... ...

बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
• शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रमको आवश्यकता र विश्वविद्यालयको सञ्चालनमा भूगोलको आवश्यकतामा जोड दिएका छन्। • मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाजमा योगदान गर्न सक्ने हुनुपर्ने र शैक्षिक संस्थाहरूलाई समाजको आवश्यकतासँग जोडिनुपर्ने बताएका छन्। • बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले शिक्षा प्रणालीमा गुणस्तर निर्धारण गर्ने स्वायत्त निकायको निर्माणको आवश्यकता औंल्याएका छन्। ...


