एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी एनपीएलमा कञ्चनपुरका १३ जना खेलाडी मैदानमा रहेका कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताए। ‘सुदूरपश्चिम क्रिकेट मात्रै होइन प्रायः धेरै खेलको खेलाडी उत्पादनको थलोका रूपमा नतिजाबाट अग्रस्थानमा छ’, क्रिकेट सङ्घका केन्द्रीय सदस्य चन्दले भने, ‘खेल पूर्वाधारको अवस्था अझै दयनीय छभन्दा फरक पर्दैन ।’ उनले बैतडीमा क्रिकेट मैदान भए पनि अन्य जिल्लामा काम चलाउ अवस्थामा प्रशिक्षण भइरहेको बताए। सुदूरपश्चिम रोयल्समा कञ्चनपुरका कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, हेमन्त धामीर मिलन बोहरा छन् भने बैतडीका हिक्मत महरा र दीपक बोहरा रहेका छन् । त्यसैगरी अछामका सचिन भट्ट, कैलालीका टेक रावतर आयुब चन्द र डडेल्धुराका टेकराज थलाल रोयल्समा छन् । त्यसैगरी, कञ्चनपुरका सन्दीप जोरा, डोटीका शेर मल्ल, अछामका दिनेश अधिकारी र कञ्चनपुरका दिलीप नाथ लुम्बिनी लायन्सबाट एनपीएल खेल्दैछन् । कञ्चनपुरका विकास आग्री र आदित्य महता जनकपुर बोल्ट्समा अनुबन्धित छन् भने कञ्चनपुरका भीम सार्की र साजन गौतम एवं कैलालीका प्रसिद्ध जैसी काठमाडौँ गोर्खाजमा छन् । त्यसैगरी डोटीका लोकेश बम र कैलालीका नारायण जोशी र नरेन साउँद विराटनगर किङ्ग्सबाट एनपीएलको काठमाडौँमा जारी तेस्रो संस्करण खेल्दै छन् भने बझाङका युवराज खत्री कर्णाली याक्सबाट खेल्दै छन् । यता चितवन राइनोजमामा कञ्चनपुरका कमलसिंह ऐरी, कैलालीमा अर्जुन साउद र विपिन रावल बझाङका अशोक धामी र डडेल्धुराका दीपक बोहरा खेल्दै छन् । त्यस्तै पोखरा एभेन्जर्समा कञ्चनपुरका आकाश चन्द र किरण ठगुन्नाले एनपीएल खेल्ने अवसर पाएका छन् । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चन्दले हरेक वर्ष सुदूरपश्चिमले नयाँनयाँ प्रतिभावान् खेलाडी उत्पादन गरिरहेको बताए। ‘अहिले जारी एनपीएल खलिरहेका अधिकांश खेलाडीले यसअघिका दुई वटा संस्करणसमेत खेलिसकेका छन्’, उनले भने, ‘सुदूरपश्चिमको क्रिकेट क्रेज त एनपीएलमा हुने सुदूरका दर्शकहरुले देखाइसकेका छन् ।’ उनले खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको सुदूरपश्चिममा क्रिकेटको पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए। ‘धनगढीको फाप्ला क्रिकेट मैदानमा चर्चा चुलिएको लामो समय भयो तर सम्पन्न भएको छैन’, चन्दले भने, ‘कञ्चनपुरको महेन्द्रमा २०७२ सालदेखि निर्माणाधीन क्रिकेट मैदान अझै अपूर्ण छ ।’ राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षमा महेन्द्रनगरको क्रिकेट मैदान निर्माणका लागि तीन करोड बजेट विनियोजन गरेकाले मैदानले पूर्णताः पाउनेमा आशा पलाएको चन्दको भनाइ छ । ‘महेन्द्रनगरमा निर्माणाधीन मैदानका लागि विनियोजित बजेटको ठेक्का प्रक्रिया हुने चरणमा छ’, उनले भने, ‘अब अर्को वर्षदेखि खेलाडीहरुले आफ्नै मैदानमा नियमित प्रशिक्षण र प्रतियोगिता खेल्न पाउनेमा आशावादी बनेका छौँ ।’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चले पनि गर्याे सदर
काठमाडौँ। टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ। अधिकारीकाे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको... ...

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं । झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। पुर्वाधार विकास ...

३६ रन बनाएर आउट भए कर्णालीका पवन सर्राफ
काठमाडौँ। कर्णाली याक्सका पवन सर्राफ क्याच आउट भएका छन्। उनी लङ सर्ट बनाउने धुनमा क्याच आउट भएका हुन्। २८ मा ३६ रन बनाएर उनी आउट भएका हुन्। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा... ...

सडक भासिएपछि आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड अवरुद्ध
इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १२ गते । कालीगण्डकी करिडोर निर्माण हुनु अघि पाल्पाको पूर्वी भेगको जीवनरेखाको रुपमा परिचित आर्यभञ्ज्याङ–रामपुर सडकको जब्गादी–सिलुवा–बेलडाँडा खण... ...


