Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं । झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन दमकले प्रकाशित गरेको सूचनाअनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको छ। उक्त ठेक्काका लागि महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रुपमा छनोट भएको छ। यो सडक खण्डको करिब २५‍‍‍‍.५ किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो। तर, मन्त्रालयले पटक–पटक ताकेता, पत्राचार तथा सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सम्झौताअनुसार ठेक्का अन्त्य गरिएको थियो। ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो। ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेपछि कानुनी निरूपणका कारण नयाँ ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको थियो। कानुनी प्रक्रिया तथा विभिन्न विवादको समाधान, स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने कार्य सम्पन्न गरी पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन्। नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ। स्थानीयवासीका लागि वर्षौँदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी एजेन्डामा समेत पटक–पटक समेटिँदै आएको थियो। सरकारले प्रतिबद्धताअनुसार सडक निर्माण प्रक्रियालाई अघि बढाएको उल्लेख गर्दै मन्त्री लम्सालले लामो समयदेखि अलपत्र आयोजनालाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया पूरा गरिएको बताएका छन्। अब ठेक्का स्वीकृति तथा निर्माणसम्बन्धी बाँकी प्रक्रिया पूरा भएपछि सडक स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ। यो सडक कालोपत्रे गर्ने एजेन्डा प्रधानमन्त्री वालेन्द्र शाहको झापा-५को चुनावी प्रतिबद्धता पत्रमा समेत समावेश थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने
ताजा खबरJust now

अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले १८ कात्तिकमा क्रिकेट प्रतियोगिता हुनेछ । अपी हिमाल गाउँपालिकाले १७ देखि १९ कात्तिकसम्म प्रतियोगिता गर्न लागेको हो । ...

कान्तिपुर
आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाए कारबाही गर्ने चेतावनी
ताजा खबरJust now

आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाए कारबाही गर्ने चेतावनी

काठमाडौँ। नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय,... ...

रातोपाटी
मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै
ताजा खबरJust now

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन् ...

कान्तिपुर
एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित
ताजा खबरJust now

एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play