सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ । हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीरसुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेशनमा प्रयोग भएका नोड डट जेएस रनटाइमको भर्सन जाँच गरी नयाँ भर्सन अद्यावधिक गर्न आग्रह गरेको हो । “कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीमा चलिरहेका कार्यहरूमा अनधिकृत नियन्त्रण कायम हुनसक्ने जोखिम रहन्छ । यसबाट बच्न सुरक्षा उपायहरू अबलम्बन गर्न अनुरोध छ”, केन्द्रले भनेको छ । केन्द्रले आजै एक परिपत्र जारी गर्दै वेबसाइटहरू सुरक्षित गर्न वैध एसएसएल/टिएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न पनि निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । केन्द्रले पछिल्ला दिनमा साइबर सुरक्षा जोखिम बढ्दै गएको सन्दर्भमा प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित रूपमा आदानप्रदान गर्न वेबसाइटमा इन्क्रिप्सन व्यवस्था अनिवार्य गर्नुपर्ने जनाएको छ । त्यसका लागि टिएलएस १.२ वा टिएलएस १.३ प्रोटोकलसहितको वैध एसएसएल/टिएलएस प्रमाणपत्र प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनअनुसार सबै सरकारी निकायले आफ्ना वेबसाइटमा प्रयोग भइरहेको एसएसएल/टिएलएस प्रमाणपत्रको वैधता तत्काल जाँच गर्नुपर्नेछ । प्रमाणपत्र नभएका वा म्याद समाप्त भएका वेबसाइटमा आधिकारिक तथा विश्वसनीय निकायबाट वैध प्रमाणपत्र जारी गरी जडान र कन्फिगरेसन गर्नुपर्नेछ । त्यस्तै, वेबसाइटलाई एचटिटिपिएस माध्यमबाट मात्र सञ्चालन हुने व्यवस्था मिलाउन र टिएलएस १.२ तथा टिएलएस १.३ जस्ता पुराना तथा असुरक्षित प्रोटोकल पूर्ण रूपमा बन्द गर्न पनि केन्द्रले निर्देशन दिएको छ । एसएसएल/टिएलएस प्रमाणपत्रको म्याद समाप्त हुनुअगावै नियमित नवीकरण गर्ने व्यवस्था मिलाउन तथा वेबसाइटको सुरक्षामा देखिने कमजोरीबाट साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न अन्य आवश्यक सुरक्षा मापदण्डसमेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न केन्द्रले आग्रह गरेको छ । सरकारी वेबसाइटको सुरक्षा सुदृढ गर्दै नागरिकका व्यक्तिगत विवरण तथा अन्य संवेदनशील सूचनाको संरक्षण गर्न यस्तो व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ । The post सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध
काठमाडौं । श्रीलंकाली अलराउण्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएको छ । ३० वर्षीय रथ्नायके बायाँ हाते ब्याटर हुनुहुन्छ । उहाँ दायाँ हाते अफ स्पिन र बायाँ हाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथ्नायकेले श्रीलंकाका लागि चार ...

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ । यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपिएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा ...

अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा
नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले ...

माओको मीमले एम्बाप्पेलाई धक्का
एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका ...


