Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/माओको मीमले एम्बाप्पेलाई धक्का

माओको मीमले एम्बाप्पेलाई धक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
माओको मीमले एम्बाप्पेलाई धक्का

एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसलाई चोट पुर्‍याएको रहेछ भन्ने मैले अहिले बुझेको छु’, उहाँले भन्नुभएको छ, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग म माफी माग्छु । मेरो उद्देश्य त्यस्तो थिएन । चिनियाँ जनता र उनीहरूको इतिहासप्रति मेरो गहिरो सम्मान छ । म हृदयदेखि नै क्षमाप्रार्थी छु ।’ चीनमा एम्बाप्पेको लोकप्रियता र व्यावसायिक उपस्थिति ठूलो छ । सबवे स्टेसनदेखि भवनका लिफ्टसम्म उहाँका तस्वीरसहितका विज्ञापन देखिन्छन् । तर, विवादपछि पेय पदार्थ उत्पादक कम्पनी डोङपेङ, दुग्ध पदार्थ उत्पादक कम्पनी मेङनिउ र चिज उत्पादक कम्पनी मिल्क ग्राउण्डले मंगलबार उहाँसँगका सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् । तीनवटै कम्पनीले जारी गरेका वक्तव्यको भाषा लगभग समान थियो । उनीहरूले ‘राष्ट्रिय भावनामा चोट पुर्‍याउने कुनै पनि भनाइ र व्यवहार’को विरोध गर्ने बताएका छन् । यद्यपि, कम्पनीहरूले सम्झौता अन्त्य गर्नुको प्रत्यक्ष कारण स्पष्ट पारेका छैनन् । उनीहरूका वक्तव्य फ्रान्सेली अनलाइन टक शो ‘द ब्रिज’ मा सहभागी हुनुअघि एम्बाप्पेको अन्तर्वार्ता लिइएको देखिने एउटा भिडियो सामाजिक सञ्जाल एक्समा फैलिएको केही समयपछि सार्वजनिक भएका हुन् । भिडियोमा एम्बाप्पेलाई आफूलाई लिएर बनाइएको मन पर्ने इन्टरनेट मीमबारे सोधिएको छ । जवाफमा उहाँले एक व्यक्तिको भिडियो आफ्नो मन पर्ने मीम भएको बताउँदै ती व्यक्ति ‘चिनियाँ तानाशाह’ भएको आफूलाई लागेको उल्लेख गर्नुभएको छ । त्यसपछि भिडियोमा माओत्से तुङको निलो सुट लगाएको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएको सम्पादित तस्वीर देखाइन्छ । फुटबल समर्थकहरूले एम्बाप्पेले आफ्ना टोलीका अन्य खेलाडी र आफू आबद्ध टोलीलाई समेत ओझेलमा पार्ने गरेको भन्दै उहाँलाई ठट्टामा ‘तानाशाह’ भन्ने गरेका छन् । माओत्से तुङलगायत अन्य निरंकुश शासकको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएका मीम पनि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिने गरेका छन् । विवादबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने भनाइ र व्यवहारको चिनियाँ समाजका विभिन्न क्षेत्रबाट स्वाभाविकरूपमा विरोध हुने बताउनुभयो । चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एम्बाप्पेको आलोचना गरेको छ । कम्पनीले उहाँसँगको सामग्री साझेदारी सम्झौता सन् २०२४ डिसेम्बर ३१ मै समाप्त भएको स्पष्ट पार्दै सम्बन्धित प्रचार सामग्री हटाउने बताएको छ । रेडनोटले पनि राष्ट्रिय भावनामा चोट पुर्‍याउने व्यवहारको विरोध गरेको छ । मंगलबार एम्बाप्पेको खातालाई नयाँ फलोअर थप्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको थियो । एम्बाप्पे चीनमा विद्युतीय पेय पदार्थदेखि दूध र चिजसम्मका उत्पादनको विज्ञापनमा देखिँदै आउनुभएको थियो । डोङपेङको एउटा विज्ञापनमा उहाँले चिनियाँ भाषामै नारा बोल्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
ताजा खबरJust now

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै

काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

हिमालय टाइम्स
अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालखबर
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
ताजा खबरJust now

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

गोरखापत्र
भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
ताजा खबरJust now

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम

काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play