अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १४औँ ओभरमै पूरा गर्यो । अभिषेक र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि गरेको आक्रामक सुरुवातले भारतलाई लक्ष्यसम्म पुग्न सहज बनाएको हो । भारतले सुरुवाती ६ ओभर अर्थात् पावरप्लेमा कुनै विकेट नगुमाई ११८ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पावरप्लेमा बनेको यो कीर्तिमानी योगफल हो । वेलिङ्टनमा भएको खेलमा अभिषेकले ३८ बलमा अविजित ११३ रन बनाउनुभयो । उहाँको इनिङ्समा ११ छक्का र नौ चौका समावेश थिए । उहाँलाई युवा ब्याटर वैभव सूर्यवंशीले पनि उत्तिकै आक्रामक साथ दिनुभयो । वैभवले १९ बलमा ४५ रन बनाउनुभयो । भारतले पाँच ओभरमै १०० रन पूरा गरेको थियो । यससँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० रन बनाउने टोलीको कीर्तिमान भारतको नाममा आएको छ । यसअघि रोमानियाले सन् २०२१ मा सर्बियाविरुद्ध ५.२ ओभरमा १०० रन पूरा गरेको थियो । त्यस्तै, भारतले २.२ ओभरमै ५० रन पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमानको बराबरी पनि गरेको छ । यसअघि पपुवा न्युगिनी र रोमानियाले पनि समान बलमा ५० रन पूरा गरेका थिए । अभिषेकले आइसिसीका पूर्ण सदस्य राष्ट्रका ब्याटरमध्ये टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानसमेत आफ्नो नाममा राख्नुभएको छ । यसअघि उहाँले अफगानिस्तानविरुद्ध ३० बलमै शतक पूरा गर्नुभएको थियो । अभिषेकले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने क्रममा पनि विश्व कीर्तिमान बनाउनुभयो । उहाँले केवल एक हजार २४ बल खेलेर दुई हजार रनको आँकडा पार गर्नुभएको हो । यसअघि यो कीर्तिमान भारतीय ब्याटर सूर्यकुमार यादवको नाममा थियो । सूर्यकुमारले दुई हजार टी-२० अन्तर्राष्ट्रिय रन पूरा गर्न एक हजार १६४ बल खेल्नुभएको थियो । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९८ रन बनाएको थियो । न्युजिल्याण्डका ड्यारिल मिचेलले सर्वाधिक ८९ रन बनाउनुभयो । न्युजिल्याण्डले प्रतिस्पर्धात्मक योगफल बनाए पनि भारतीय ब्याटरको आक्रामक प्रदर्शनका अगाडि त्यो पर्याप्त भएन । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...


