सम्पादक पन्त र पत्रकार मैनालीलाई भोलि साइबर ब्युरोमा उपस्थित हुन उर्दी दिँदै नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी

काठमाडौं । पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै नयाँ पत्रिकाको कार्यालय पुगेको नेपाल प्रहरीको टोली करिब तीन घण्टापछि कार्यालयबाट बाहिरिएको छ। शुक्रबार साँझ सवा ५ बजे नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरी टोली राति करिब ८ बजे त्यहाँबाट निस्किएको हो।
प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता नवराज मैनालीलाई शनिबार बिहान १० बजे नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको छ।

नयाँ पत्रिकाका पत्रकारहरूका अनुसार प्रहरी टोली मैनालीलाई नियन्त्रणमा लिने उद्देश्यले कार्यालय पुगेको थियो। तर, सम्पादक पन्तले प्रहरीको उपस्थितिको कारण र साइबर ब्युरोमा बोलाउनुको आधारबारे लिखित जानकारी मागेपछि प्रहरी तत्काल पक्राउ नगरी फर्किएको हो।

सम्पादक पन्तले कुनै पनि पत्रकारलाई अनुसन्धानका लागि बोलाउँदा त्यसको स्पष्ट कारण र कानुनी आधार खुलाउनुपर्ने अडान राखेका थिए। उनले मौखिक निर्देशनका आधारमा मात्रै उपस्थित हुनुपर्ने अवस्था किन आएको हो भन्नेबारे प्रहरीसँग प्रश्न गरेका थिए।

प्रहरीले भने पन्त र मैनाली दुवैलाई शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक निर्देशन दिँदै कार्यालय छाडेको बताइएको छ।

शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा खोजी गर्ने गतिविधि भइरहेका बेला नयाँ पत्रिकाको कार्यालयमा पनि प्रहरी पुगेको थियो।

यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई न्युजरुमबाटै नियन्त्रणमा लिइएको थियो। उनलाई केही घण्टापछि साइबर ब्युरोले रिहा गरेको छ।

त्यस्तै, डिएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको थियो।

यसैगरी, दियोपोस्ट अनलाइनको कार्यालयमा समेत प्रहरी पुगेर त्यहाँका प्रधान सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको बताइएको छ।

एकैदिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेपछि पत्रकारिता क्षेत्रका संघसंस्था तथा राजनीतिक दलका नेताहरूले घटनाप्रति आपत्ति जनाएका छन्। उनीहरूले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने गतिविधिले प्रेस स्वतन्त्रता र समाचार स्रोतको गोपनीयतामाथि प्रश्न उठाएको बताएका छन्।

यसैबीच, प्रधानमन्त्री बालेन शाहले पत्रकार पक्राउ प्रकरणप्रति चासो व्यक्त गर्दै नियन्त्रणमा रहेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी धरपकड नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको तथा घटनाबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पारिएको छ।

प्रधानमन्त्रीको निर्देशन सार्वजनिक भएकै दिन नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरी टोली पक्राउ नगरी फर्किएको हो। यद्यपि प्रहरी फर्किनुको कारण उक्त निर्देशन नै हो भन्ने पुष्टि भएको छैन।

अब शनिबार बिहान १० बजे सम्पादक खगेन्द्र पन्त र पत्रकार नवराज मैनाली साइबर ब्युरोमा उपस्थित हुने वा नहुने भन्ने विषयमा चासो बढेको छ। उनीहरूलाई कुन विषयमा सोधपुछ गर्न खोजिएको हो भन्नेबारे प्रहरीबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । ...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...