Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सम्पत्ति शुद्धीकरण र नागरिकताकाे छानबिन विचाराधीन रहेकै बेला आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि उठ्याे नैतिक प्रश्न

सम्पत्ति शुद्धीकरण र नागरिकताकाे छानबिन विचाराधीन रहेकै बेला आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि उठ्याे नैतिक प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पत्ति शुद्धीकरण र नागरिकताकाे छानबिन विचाराधीन रहेकै बेला आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि उठ्याे नैतिक प्रश्न

काठमाडौं, कात्तिक १ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र नागरिकताबारेको छानबिन विचाराधीन रहेको बेला सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनी छोइङलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्षमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ ।

उहाँविरुद्ध २०७५ सालदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको र २०७६ सालमा नागरिकतासम्बन्धी उजुरी परेपछि छानबिन सुरु भएको थियाे । उपलब्ध विवरणअनुसार ती विषयको अनुसन्धान तथा छानबिनको अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन ।

आनी छोइङ डोल्माले २०४६ सालमा छोइङ डोल्मा मोक्तान लामाको नामबाट नागरिकता लिएको विवरण सार्वजनिक भएको छ । उक्त नागरिकता साबिक चपली भद्रकाली गाविस–६, हाल बूढानीलकण्ठ नगरपालिका–२ का कान्छाबहादुर लामाको छोरीका रूपमा जारी भएको उल्लेख छ ।

कान्छाबहादुरको २०३९ सालमै निधन भइसकेको दाबी गर्दै उहाँका छोरा प्रमानसिंह लामा (मगई) ले २०७६ पुसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएको समाचारमा उल्लेख छ । उजुरीमा आनीले आफ्नो बुबाको नामबाट नागरिकता लिएको विषयमा प्रश्न उठाइएको थियो ।

उक्त उजुरीपछि स्थानीय पाँच जनाले समेत आनीलाई नचिनेको र उहाँले कुन आधारमा नागरिकता प्राप्त गरेको भन्ने विषयमा जिज्ञासा राख्दै प्रशासनमा कागज पेस गरेको समाचारमा जनाइएको छ ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार तत्कालीन महानगरीय प्रहरी परिसरले २०७६ पुस ८ गते नागरिकतासम्बन्धी विवरण माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरेको थियो । तर, माग गरिएको विवरण प्राप्त नभएको दाबी गरिएको छ ।

त्यसपछि पनि विवरणका लागि ताकेता गरिएको र अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन सरकारी पदाधिकारीबाट अनुसन्धान स्थगित गर्न निर्देशन आएको समाचारमा उल्लेख छ । यद्यपि, यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा तथा अनुसन्धानको पछिल्लो अवस्था स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।

आनी छोइङ डोल्माको बैंक खातामा विदेशबाट आएको रकमको स्रोतबारे प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेको यसअघि प्रकाशित समाचारमा उल्लेख छ । हङकङबाट उहाँको खातामा अमेरिकी डलरमा ठूलो रकम आएको र त्यसको स्रोत खुलाउन नसकिएको दाबी गरिएकाे थियाे । उक्त विवरणअनुसार रकमको कारोबारबारे बैंकले जानकारी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।

त्यतिबेला राष्ट्र बैंकले विदेशबाट आउन लागेको केही रकम रोक्का गरेको थियो । पछि रोक्का रकम फुकुवा गरिएको र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भने जारी रहेको दाबी गरिएको छ । साे अनुसन्धान अझै जारी रहेकाे बताइएकाे छ ।

नागरिकता र सम्पत्तिको स्रोतसम्बन्धी प्रश्न उठिरहेका बेला आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएपछि यी विषयको अनुसन्धान कुन अवस्थामा छ भन्ने प्रश्न उठेको छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय र उहाँसँग सम्बन्धित भनिएका अनुसन्धानका विषय अलग-अलग कानुनी प्रक्रिया हुन् । अनुसन्धान विचाराधीन रहनु मात्रले कुनै व्यक्तिमाथि लागेको आरोप प्रमाणित भएको मानिँदैन । तर आराेप लागिरहेकाे बेला सार्वजनिक पदमा नियुक्ति लिँदा नैतिक प्रश्न भने खडा भएकाे छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने
राजनीतिJust now

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

वेष्ट इण्डिजका चर्चित  क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।  विराटनगरले आज रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘समर्थकले तपाईंको माग गर्नुभयो । हामीले पूरा गर्यौँ । विराटनगर किङ्समा स्वागत छ आन्द्रे रसेल,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट ...

फरकधार
सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
राजनीतिJust now

सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

काठमाडौं, कात्तिक १ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी जारी छ भने घाइने चार जनाकाे काठमाडौं र सिन्धुलीमा उपचार भइरहेकाे छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी ...

जनताटाइम्स
शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना
राजनीतिJust now

शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना

शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन ...

फरकधार
देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
राजनीतिJust now

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएकाे हाे । नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play