Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

काठमाडौं, कात्तिक १ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी जारी छ भने घाइने चार जनाकाे काठमाडौं र सिन्धुलीमा उपचार भइरहेकाे छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू दसैँ मनाउन घर जाँदै गरेका थिए । दुर्घटनामा घाइते भएका चार जनामध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते सम्झनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने अन्यमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन् । उनीहरुकाे अवस्था मध्यम छ । दुर्घटनापछि बेपत्ता भएका तीन जनाको भने अझै पहिचान खुल्न सकेको छैन । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने
राजनीतिJust now

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

वेष्ट इण्डिजका चर्चित  क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।  विराटनगरले आज रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘समर्थकले तपाईंको माग गर्नुभयो । हामीले पूरा गर्यौँ । विराटनगर किङ्समा स्वागत छ आन्द्रे रसेल,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट ...

फरकधार
शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना
राजनीतिJust now

शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना

शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन ...

फरकधार
देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
राजनीतिJust now

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएकाे हाे । नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play