समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने शैलीले शाही कालिन निरङ्कुशताको झल्को दियाे : गगन थापा

काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएकाे छ । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र चौतर्फी दबाबपछि मात्र रिहा गर्ने घटनाप्रति आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ तथा पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे । शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गर्नु भएकाे छ । ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ,’ थापाले विज्ञप्तिमा भन्नुभएकाे छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै उहाँले त्यस्तै प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताउनु भएकाे छ । कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै थापाले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो पार्टी निरन्तर उभिने बताउनुभएकाे छ । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उहाँले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिनुभएकाे छ । ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो,’ विज्ञप्तिमा भनिएको छ। पत्रकार तथा सञ्चारमाध्यममाथि गरिएको प्रहरी हस्तक्षेपलाई दमनकारी कदमको संज्ञा दिँदै कांग्रेसले घटनाको घोर भत्र्सना गरेको छ। थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गर्नु भएकाे छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

पत्रकार धरपकडको अपजस पुलिसको थाप्लाेमा, रास्वपाका सचेतक परियारले भने : पुलिस स्टेट बन्द गर
काठमाडौं, कात्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण तथा नयाँ पत्रिकाको कार्यालयमा प्रहरी टोली पुगेको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। समाचारको विषयलाई लिएर समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने तथा नियन्त्रणमा लिने प्रयास गरिएको भन्दै उहाँले उक्त घटनाको घोर भर्त्सना गर्नुभएको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको ...

बालेनलाई रक्षा बमको प्रश्न : प्रधानमन्त्रीज्यू, यो देशमा उग्र हुन र कानुन मिच्न कसले सिकाएको छ ?
काठमाडौं, कात्तिक १३ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र साह बालेन प्रति प्रश्न उठाउँदै सरकारको कार्यशैली र कानुनी शासनप्रतिको प्रतिबद्धतामाथि टिप्पणी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देशमा उग्रता प्रदर्शन गर्ने र कानुन मिच्ने प्रवृत्तिलाई कसले प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको छ। बमले गिरफ्तार गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिने र त्यसपछि प्रहरी प्रमुख दानबहादुर कार्कीलाई बर्खास्त गरेर ...

लाजै पचाएर प्रधानमन्त्रीको सचिवालयले भन्यो– पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन, सञ्चारमन्त्रीले भने– सबै पत्रकार छुटिसके
काठमाडौं, कात्तिक १३। सञ्चारगृहमा छापा मारिएको र पत्रकारहरू पक्राउ परेको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले उक्त घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। यता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको दाबी गर्नुभएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय ...

पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्। भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन, […] ...


