पत्रकार धरपकडको अपजस पुलिसको थाप्लाेमा, रास्वपाका सचेतक परियारले भने : पुलिस स्टेट बन्द गर

काठमाडौं, कात्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण तथा नयाँ पत्रिकाको कार्यालयमा प्रहरी टोली पुगेको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। समाचारको विषयलाई लिएर समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने तथा नियन्त्रणमा लिने प्रयास गरिएको भन्दै उहाँले उक्त घटनाको घोर भर्त्सना गर्नुभएको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भए पनि प्रहरीको पछिल्लो शैली ‘पुलिस स्टेट’ अर्थात् ‘प्रहरी राज’ उन्मुख देखिएको उहाँको टिप्पणी छ। ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ,धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु, संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखियो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । पत्रकार विश्वमणि सुवेदीको पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी टोली पुगेर देखाएको शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुन नसक्ने परियारले उल्लेख गर्नुभएको छ। बिदाको मुखैमा भएको प्रहरी गतिविधि छानबिनयोग्य रहेको भन्दै उहाँले सरकारसँग ‘मिडिया धरपकड प्रकरण’ को निष्पक्ष छानबिन गर्न विशेष माग गर्नुभएको छ। “पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोसाकका प्रहरी जत्थाको “जङ्गे शैली” लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन, बिदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानबिनयोग्य छ, म सरकारसँग यो ‘मिडिया धरपकड प्रकरण’ को छानबिनका लागि विशेष माग गर्दछु”, परियारले लेख्नु भएको छ । त्यसैगरी, पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषय र विवादको निरूपण प्रेस काउन्सिल नेपालबाटै गर्ने अभ्यासलाई प्राथमिकता दिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रेस स्वतन्त्रताको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न राज्य जिम्मेवार हुनुपर्ने परियारको जोड छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बालेनलाई रक्षा बमको प्रश्न : प्रधानमन्त्रीज्यू, यो देशमा उग्र हुन र कानुन मिच्न कसले सिकाएको छ ?
काठमाडौं, कात्तिक १३ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र साह बालेन प्रति प्रश्न उठाउँदै सरकारको कार्यशैली र कानुनी शासनप्रतिको प्रतिबद्धतामाथि टिप्पणी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देशमा उग्रता प्रदर्शन गर्ने र कानुन मिच्ने प्रवृत्तिलाई कसले प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको छ। बमले गिरफ्तार गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिने र त्यसपछि प्रहरी प्रमुख दानबहादुर कार्कीलाई बर्खास्त गरेर ...

लाजै पचाएर प्रधानमन्त्रीको सचिवालयले भन्यो– पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन, सञ्चारमन्त्रीले भने– सबै पत्रकार छुटिसके
काठमाडौं, कात्तिक १३। सञ्चारगृहमा छापा मारिएको र पत्रकारहरू पक्राउ परेको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले उक्त घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। यता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको दाबी गर्नुभएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय ...

पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्। भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन, […] ...


