Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले

सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले

काठमाडौं, कात्तिक १३। नेकपा (एमाले) ले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्यप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको छ। नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले प्रेस वक्तव्य जारी गर्दै सरकारको उक्त कार्यलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक भएको टिप्पणी गर्नुभएको छ। उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको बताउनुभएको छ। वक्तव्यमा भनिएको छ, “राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो।” आचार्यले कानुनको शासन र सुशासनका नाममा हुने दमन तथा लोकतन्त्रका नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभएको छ।उहाँले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार एवं प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ। “गिरफ्तार गरिएका सञ्चारकर्मीहरूलाई विनासर्त रिहा गरियोस्,” वक्तव्यमा भनिएको छ। नेकपा (एमाले) ले सरकारका यस्ता कदमको घोर निन्दा र भर्त्सना गर्दै प्रेस स्वतन्त्रता तथा सञ्चारकर्मीको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन
राजनीतिJust now

वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक १४ । सञ्चारगृहमा गरिएको छापा तथा समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले शनिबार बिहानै वर्षा र झरीको प्रवाह नगरी काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा पत्रकारहरूले सरकारको प्रेस स्वतन्त्रताविरोधी नीतिप्रति आपत्ति जनाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। पत्रकार पक्राउ, सञ्चारगृहमा छापा तथा पत्रकारलाई आतंकित पार्ने गतिविधिविरुद्ध महासंघले मौन प्रदर्शनको आह्वान गरेको थियो । वर्षा ...

जनताटाइम्स
रास्वपा सचिवालय बैठक बस्दै
राजनीतिJust now

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।आज बिहान ११ बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरम... ...

गोरखापत्र
पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश
राजनीतिJust now

पत्रकार धरपकडको सूत्र प्रधानमन्त्री कार्यालयसम्म, प्रहरीले मध्यराति पठायो स्पष्टीकरणसहितको सन्देश

काठमाण्डु- विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ। नेपाल प्रेस काउन्सिलको कार्यक्षेत्रमा घुसेर गरिएको धरपकड र पक्राउले वालेन्द्र शाह नेतृत्वको सरकार नै आलोचनाको केन्द्रमा परेको छ। शुक्रबार भएको धरपकडको घटनापछि नेपाल प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो सम्बोधन गर्ने क्रममा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्वीकार गरेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play