वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक १४ । सञ्चारगृहमा गरिएको छापा तथा समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले शनिबार बिहानै वर्षा र झरीको प्रवाह नगरी काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा पत्रकारहरूले सरकारको प्रेस स्वतन्त्रताविरोधी नीतिप्रति आपत्ति जनाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। पत्रकार पक्राउ, सञ्चारगृहमा छापा तथा पत्रकारलाई आतंकित पार्ने गतिविधिविरुद्ध महासंघले मौन प्रदर्शनको आह्वान गरेको थियो । वर्षा र झरीका बीच पनि पत्रकारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए । प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रमेश विष्ट र पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै पूर्ववरिष्ठ उपाध्यक्ष विष्टले नेपाली प्रेसलाई पुनः राजा ज्ञानेन्द्रको शासनकालमा जस्तै त्रसित बनाउने प्रयास भइरहेको बताउनुभयो । समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले पत्रकारलाई अपहरणको शैलीमा गिरफ्तार गरिएको उल्लेख गर्दै उहाँले यस्तो कार्य प्रेस स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता र नेपालको संविधानविपरीत रहेको बताउनुभयो । सरकारको पछिल्लो गतिविधिले प्रकाशित समाचारको सत्यतालाई पुष्टि गरेको दाबी गर्दै विष्टले नेपाली प्रेस एकढिक्का भएर यस्ता गतिविधिको सामना गर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारलाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने तथा पत्रकारलाई त्रसित बनाउने गतिविधि तत्काल रोक्न चेतावनीसमेत दिनुभयो प्रहरीले हिजो नेपाल प्रेसकाे समाचार कक्षमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेकाे थियाे । त्यस्तै नयाँ पत्रिका लगायतका सञ्चारगृहमा गई धरपकडकाे प्रयास गरेको थियाे । चाैतर्फि विराेध भए पछि पक्राउ गरिएका पत्रकार सुवेदीलाई केही घण्टामा नै छाडिएकाे थियाे ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु... ...

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडको विरोधमा झरीमै माइतीघरमा प्रदर्शन
पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी ...

अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ...

चक्रवात ‘अर्नब’को प्रभाव : देशभर वर्षा, तीन प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ । कोशी, मधेस र ...


