Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

संवैधानिक प्रतिवद्धतालाई नागरिकको जीवनमा देखिने उपलब्धिमा बदल्नुपर्छः उपाध्यक्ष भट्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
संवैधानिक प्रतिवद्धतालाई नागरिकको जीवनमा देखिने उपलब्धिमा बदल्नुपर्छः उपाध्यक्ष भट्ट
Photo / Coverage: टक्सार

काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको संघीय शासन प्रणालीलाई नागरिककेन्द्रित परिणाममुखी बनाउनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (एनएएससी) ले राजधानीमा गरेको ‘दक्षिण एसियामा सार्वजनिक प्रशासन र सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले राजनीतिक तथा प्रशासनिक शासन प्रणालीबाट नागरिकको आवश्यकता र सेवाप्रवाहलाई केन्द्रमा राख्ने शासन प्रणालीतर्फ अब अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । उनकाअनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्दै संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको संरचना निर्माण गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । संघीयताको उद्देश्य सरकारलाई नागरिकको नजिक पु¥याउने, अधिकार विकेन्द्रीकरण गर्ने, स्थानीय लोकतन्त्र सुदृढ बनाउने, समावेशिता प्रवद्र्धन गर्ने तथा समतामूलक र दिगो विकास सुनिश्चित गर्नु रहेको बताए । उनले संघीयता कार्यान्वयनका क्रममा धेरै चुनौती सामना गर्नुपरेको उल्लेख गरे । भट्टले विकास आयोजना तथा सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक संयन्त्र बलियो बनाउनुपर्ने समेत बताए । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउने, प्रभावकारी लेखापरीक्षण गर्ने, समयमै अनुसन्धान गर्ने र जवाफदेहिता सुनिश्चित गर्ने विश्वसनीय प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो । सुशासन कायम गर्न डिजिटल शासन प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले डिजिटल प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै प्रशासनिक ढिलासुस्ती घटाउन, पारदर्शिता बढाउन र सार्वजनिक संस्थालाई जनताप्रति जवाफदेही बनाउन सक्ने बताए । दक्षिण एशियाली मुलुकहरूले साझा भौगोलिक अवस्थालाई साझा समृद्धिको आधार बनाउनुपर्ने बताउँदै उनले सामाजिक तथा आर्थिक विकासका लागि क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । परिवर्तनशील विश्व परिवेशमा शासन प्रणालीलाई परम्परागत प्रशासनिक दृष्टिकोणमा सिमित नराखी लोकतान्त्रिक संस्था, पारदर्शी सरकार, समावेशी प्रशासनिक संरचना तथा डिजिटल र नवप्रवर्तनमा आधारित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ । भट्टले शासन प्रणालीमा चारवटा महत्वपूर्ण रूपान्तरण आवश्यक रहेको उल्लेख गरे । उनकाअनुसार केन्द्रिकृत निर्णय प्रक्रियाबाट सहभागितामूलक विकेन्द्रीकृत शासन प्रणालीमा, प्रक्रियामुखी प्रशासनबाट नतिजामा आधारित सार्वजनिक सेवा प्रवाहमा, राजनीतिक प्रतिबद्धताबाट संस्थागत जवाफदेहितामा तथा छरिएका विकास कार्यक्रमबाट समन्वयात्मक र एकीकृत योजनामा जानुपर्छ । त्यस्तै, नागरिकसँग परामर्श गर्ने औपचारिक प्रक्रियालाई अर्थपूर्ण नागरिक सहभागिता र सामाजिक जवाफदेहितामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ । यस्ता सुधारका लागि उच्चस्तरीय प्रतिबद्धता, नागरिक सहभागिता, प्रशासनिक व्यावसायिकता, संस्थागत क्षमता र आम नागरिकसँगको निरन्तर संवाद आवश्यक रहेको उनले बताए । शासन सुधार सरकारको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै उनले राज्य, निजी क्षेत्र, नागरिक समाज, प्राज्ञिक क्षेत्र, सञ्चारमाध्यम, विकास साझेदार र नागरिकबिच सहकार्य आवश्यक रहेको समेत बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समस्याग्रस्त सहकारीबाट बचत फिर्ता
Latest NewsJust now

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता

काठमाडौं।सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन्। त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जनाको बचतकर्ताको आंशिक बचत रकम फिर्ता दिएका हुन्। भूमि व्यवस्था, ...

नेपालन्युज
अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
Latest NewsJust now

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

वासिङ्टन, कात्तिक १८ गते । अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा स... ...

गोरखापत्र
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
Latest NewsJust now

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकबाट विभिन्न निर्णय गरिनेछ । The post मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
Latest NewsJust now

आईजीपीमा मनोजकुमार केसी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजीलाई नेपाल प्रहरीको नयाँ नेतृत्व दिएको एक मन्त्रीले बताए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play