काठमाडौं।सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन्। त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जनाको बचतकर्ताको आंशिक बचत रकम फिर्ता दिएका हुन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयकाअनुसार सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। आगामी दिनमा पनि बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गरिने जानकारी दिइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ।
समस्याग्रस्त सहकारीबाट बचत फिर्ता

Read Complete Original Article
Published originally on नेपालन्युज






