Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो : महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो : महासचिव पोखरेल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको हो । उहाँले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गर्नुभयो । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । २०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने बताउनु भयो । महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ छ । उहाँकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू-राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उहाँले बताउनु भयो । फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भएपनि परिणाम सोचेअनुसार आउन नसकेको उहाँले स्वीकार गर्नुभयो । प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार भएको उहाँको टिप्पणी छ । उहाँले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उहाँले बताउनु भयो । महासचिव पोखरेलले भन्नुभयो, ‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुप¥यो । फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सिमित भयो । यसले पार्टीको अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखायो । यसैक्रममा निर्वाचन समीक्षा, कार्यकर्ता सुझाव र पार्टी पुनर्गठनका प्रयासमार्फत ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरियो । त्यसकै आधारमा केन्द्रिय कमिटीको तेस्रो बैठकले आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ कार्ययोजना अघि सारेको छ । अब विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ । यही आधारमा वर्तमान चुनौतीको सामना गर्दै समाजवाद निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।’ उक्त कार्यदलले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरेको तथा केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका समस्याहरूको पहिचान गर्दै आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ वटा काम अघि सारेको उनले जानकारी दिनुभयो । पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । पार्टीभित्र एकता कायम गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने उहाँको भनाइ छ । उनले विगतमा नेपालमा वामपन्थी शक्तिहरूले उल्लेख्य जनमत हासिल गरेको स्मरण गर्दै त्यसको आधार र उपलब्धिको समीक्षा गरेर आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारका प्रवक्ताले भने– पार्टीको निर्देशनपछि दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको हो
Latest NewsJust now

सरकारका प्रवक्ताले भने– पार्टीको निर्देशनपछि दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको हो

काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पोखरेलले यस्तो बताएका... ...

रातोपाटी
न्युयोर्कमा डेमोक्र्याटहरूको वर्चस्वः प्रगतिशील उम्मेदवारहरूको ऐतिहासिक जित
Latest NewsJust now

न्युयोर्कमा डेमोक्र्याटहरूको वर्चस्वः प्रगतिशील उम्मेदवारहरूको ऐतिहासिक जित

अमेरिका । अमेरिकाको मध्यावधि निर्वाचनअन्तर्गत न्युयोर्क राज्यमा डेमोक्र्याटिक पार्टीले शानदार नतिजा निकालेको छ । न्युयोर्क सिटीका महत्वपूर्ण चुनावी प्रतिस्पर्धामा डेमोक्र्याटहरूले वर्चस्व कायम गर्दा वर्तमान गभर्नर क्याथी होचुल पुनः आगामी कार्यकालका... ...

रातोपाटी
आईजीपीको बर्खास्तीदेखि नयाँ नियुक्तिसम्म, के–के भए मन्त्रिपरिषद् बैठकका निर्णय ?
Latest NewsJust now

आईजीपीको बर्खास्तीदेखि नयाँ नियुक्तिसम्म, के–के भए मन्त्रिपरिषद् बैठकका निर्णय ?

काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको हो । सरकारको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play