Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

10/26/2026, 2:43:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

काठमाडाैँ । संघीय संसदका दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकारमा समितिमा ३÷३ वटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २/२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार राष्ट्रिय सभाका समितिमा भने कुनैपनि विधेयक विचाराधीन छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रश्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए । प्रतिनिधि सभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक लगायत छन् । उनले भने, “हाल संघीय संसदमा ३६ वटा विधेयकहरू विचाराधीन अवस्थामा छन् । त्यसमध्ये प्रतिनिधि सभाका समितिहरूमा २४ वटा विधेयकहरू विचाराधीन छन् । खासगरी अर्थ सम्बन्धी केही कानूनलाई संशोधन र खारेज गर्ने ऐनसँग सम्बन्धित विधेयक, राहदानी पहिलो संशोधन विधेयक, भुक्तानी फस्र्यौट, फोहोरमैला व्यवस्थापन लगायतका विभिन्न २४ वटा विधेयकहरू प्रतिनिधि सभाका समितिहरूमा विचाराधीन रहेका छन् भने राष्ट्रिय सभाका समितिमा कुनैपनि विधेयक विचाराधीन छैनन् । तर राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकको सन्देश प्रस्तुत हुन बाँकी छ । अन्यथा राष्ट्रिय सभामा कुनै पनि विधेयकहरू छैनन् ।” संसदमा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राती १२ बजेबाट लागू हुनेगरी संघिय संसदको अधिवेशन अन्त्य गरेका थिए । संसद अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए । संसद अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् । त्यस्तै, सभामा प्रश्तुत भएर मात्रै रहेको एउटा विधेयक छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भईसकेका दुई वटा विधेयक रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए । उनकाअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ रहेको छ । यस्तै संसदबाट ६ वटा सन्धी तथा महासन्धी पेश भएर पारित भइसकेका छन् । उनले भने, “नयाँ दर्ता विधेयकको सन्दर्भमा अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो, त्यसपश्चात ६ वटा विधेयकहरू दर्ता भएका छन् । हाल ७ वटा विधेयकहरू नयाँ दर्ता भएको अवस्था छ । सभामा प्रश्तुत मात्रै भएर रहेको विधेयक एउटा छ, यो डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक भन्ने छ । समितिको प्रतिवेदन पेश भएर सभामा विचाराधीन अवस्थामा संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ रहेको छ । समितिको प्रतिवेदन प्राप्त भएर बसेको अवस्थामा एउटा विधेयक छ, राष्ट्र बैंक तेस्रो संशोधन विधेयक समितिको प्रतिवेदन प्राप्त भएर बसेको छ । यो बीचमासंघीय संसदका दुवै सभाबाट पारित भएर सम्माननीय राष्ट्रपतिज्यूबाट १२ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन् ।” समितिमा विचराधिन विधेयकमाथी दशैँको विदापछि अब छलफल गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । दसैँ विदा अगाडी समितिमा कतिपय विधेयकहरूको दफावार छलफल भइरहेको थियो भने केही विधेयकहरुको सैद्धान्तिक छलफल शुरु गरिएको थियो । विदापछि समितिमा विधेयकलाई टुंगोमा पु¥याउनेगरि छलफल अगाडी बढाउने तयारी गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय
ताजा खबरJust now

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुदूरपश्चिम रोयल्ससँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। ...

केन्द्रबिन्दु
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
ताजा खबरJust now

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन ...

टक्सार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री
ताजा खबरJust now

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना ...

नेपालन्युज
एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
ताजा खबरJust now

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।  लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play